तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
ललितपुर, १८ मंसिर । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको सातौं महाधिवेशन आगामी चैत १—४ गते हुने जानकारी गराउँदै ललितपुर जिल्ला र नगरको सम्मेलन गर्न अनुरोध गर्नुभयो । पार्टीको लक्ष्य समाजवादी व्यवस्था प्राप्तिको लागि सबै कार्यकर्ताहरू सक्रिय हुनुपर्ने भन्दै उहाँले जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले अक्टोवर समाजवादी क्रान्ति र यसको महत्वबारे प्रस्ट पार्नुभयो । उहाँले पार्टी सानो ठूलोभन्दा पनि देश र जनताको सेवालाई मापन गर्नुपर्ने भन्दै सत्तामा पुगेका दलहरूले आश्वासनको नाममा नयाँ नयाँ भ्रम फैलाइएको छ, ती भ्रमहरूको चिरफार गर्दै जानुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिका अध्यक्ष टीकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्ध शिल्पकार, सचिव रविना सुवाल, सदस्यहरू मिलन तुलाधर, प्रेमकुमार मालीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply