अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग सप्तरी जिल्ला क्षेत्र नं. ४ का बोदेबर्साइन नपाका प्रमुख अतेशसिंह यादवले भेट गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाको सन्तुलित विकासको लागि योजनाबद्ध तरिकाले अगाडि बढिरहेको र पर्यटकको बसाइ लम्ब्याउन पर्यटकमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले देशभरिका विद्यार्थीले अध्ययन गरिरहेको नगरपालिकाद्वारा सञ्चालित कलेजले सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।
इन्जिनियरिङ शिक्षामा ख्वप ईं. कलेज उदाहरणीय रुपमा अगाडि बढिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा नगरपालिका स्वयम्ले सञ्चालन गर्ने गरी कार्य अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा बोदेबर्साइन नपाका प्रमुख यादवले सप्तरी सानो तर धेरै समस्या भएको जिल्ला भएको र अधिकांश युवाहरू वैदेशिक रोजगारीको लागि विदेसिंदा खेतीयोग्य जमिन बाँझो भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाबाट शिक्षा, सम्पदा संरक्षण, स्वास्थ्य र सरसफाइबारे सिक्न चाहेको बताउनुभयो ।
उहाँले एनजीओ र आइएनजीओहरू कार्यकर्ता पाल्ने संस्थाको रुपमा विकास भइरहेको बताउँदै विकास निर्माणका काममा ठेक्कापट्टा दिनु गलत हुने बताउनुभयो ।
भेटघाटमा भक्तपुर नपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा र वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांको पनि उपस्थिति थियो ।
Leave a Reply