भर्खरै :

सत्तरी जिल्लामा छनोट सम्पन्न

काठमाडौँ, २५ मङ्सिर  ः प्रदेश नं ५ को दाङ, नेपालगञ्जलगायत स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूदको जिल्ला छनोट प्रतियोगिता ७७ मध्ये ७० जिल्लामा सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयले जनाएको छ । आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट सम्पन्न भएको हो । तेक्वान्दोको जिल्ला छनोट भने रोकिएको छ । बाँके खेलको भने सिधै प्रदेशबाट खेलाडी छनोट गरिने परिषद्ले जनाएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि तेक्वान्दोको दुई सङ्घ हुँदा खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोकेको हो । तेक्वान्दोमा दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित राखेपले राष्ट्रिय खेलकूदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको छ ।
अघिल्लो असोज अन्तिम साता नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले यही मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधारको काम नसकिएकाले आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *