भर्खरै :

द्रुतमार्गको बजेट जलविद्युत्मा लगानी गरी रोपवे सञ्चालन गर्नुपर्ने

काठमाडौँ, २७ मंसिर । ‘भारतको ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) कम्पनीले नेपालको माथिल्लो कर्णालीमा जलविद्युत् उत्पादन गरी बङ्गलादेशलाई बेच्दैछन । (अभियान दैनिक, २७ मंसिर २०७५) नेपालको नदीनालाको विद्युत् उत्पादन गरी नेपालले नै बेच्नुपर्दछ । सरकारले द्रुतमार्ग (काठमाडौँ–निजगढ, बारा) मा खर्च हुने रू. दुई खर्बको बजेटबाट जलविद्युत उत्पादन गरी रोपवे सञ्चालन गर्नुपर्दछ । रोपवेबाट सामान ढुवानी गर्दा द्रुतमार्गबाट भन्दा कम खर्च लाग्नेछ ।’’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधान एवं रक्षामन्त्री शड्ढर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित रहेको द्रुतमार्गसम्बन्धी छलफल कार्यक्रममा बिहीबार उक्त भनाइ राख्नुभएको हो ।
उहाँले देशको सन्तुलित विकासमा लगाउनुपर्ने बजेट द्रुतमार्गमा खर्च गर्न नहुने उल्लेख गर्नुहुँदै द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमति करिडोर, १३२ केभी जलविद्युत् प्रसारण लाइन, स्मार्ट सिटी आदि काठमाडौँ उपत्यकामा केन्द्रित गर्नुले देशको सन्तुलित विकास नहुने स्पष्ट गर्नुभयो ।
‘‘ललितपुरको खोकना र बुङ्गमति सम्पदा क्षेत्र हो । नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र २३ वटा पुराना वस्ती संरक्षणको लागि गुरूयोजना बनाएको बताइन्छ । अन्तर्राष्ट्रियस्तरको रङ्गशाला काठमाडौँ उपत्यका बाहिर हेटौँडा वा अन्य जिल्लामा राख्ने र प्रदेश नं. ३ को राजधानी पनि हेटौँडामा राख्ने प्रस्ताव देशको सन्तुलित विकास उन्मुख छ ।’’ सांसद सुवालले भन्नुभयो ।
पुरातत्व विभागले खोना र बोङ्गाको सम्पदा क्षेत्रबारे सतहमा केही नभएको र द्रुतमार्ग निर्माणमा पुरातात्विक महत्वको वस्तु भेटिए नेपाली सेनाको जिम्मा राख्नु भनी पत्र लेखेको गैरजिम्मेवार भएको उल्लेख गर्नुहुँदै सांसद सुवालले खोकना र बुङ्गमतिका जनताको पीडालाई सम्बोधन गर्न सरकारले द्रुुतमार्गको सट्टा रोपवे निर्माणको विकल्प नै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले द्रुतमार्गको बजेट विश्वविद्यालय र अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अस्पताल निर्माणमा लगाउनुपर्ने उल्लेख गर्नुहुँदै सरकारको ध्यान देशको सन्तुलित विकासमा जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले वीरगञ्जको ठोरीस्थित १५० वर्ष पुरानो वस्ती सिकारीवासमा अहिलेसम्म पनि सडक र एउटा चापाकल (धारा) नबनेबाट पनि आजसम्मका सरकारहरू देशको सन्तुलित विकासको पक्षमा नरहेको स्पष्ट गर्ने बताउनुभयो ।
बैठकमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले विकासको लागि विनाश पनि हुने उल्लेख गर्नुहुँदै सम्पदालाई थोरै क्षति पु¥याएर द्रुतमार्ग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले अधिग्रहण जग्गा मूल्याड्ढनमा सीडीओले जथाभावी गरेको उल्लेख गर्नुहुँदै मुआब्जा मूल्याड्ढन बढाउनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरू राजेन्द्र श्रेष्ठ, अमरेशकुमार सिंह, पम्फा भुसाल, दिलेन्द्रप्रसाद बडू, छक्कबहादुर लामा, महेश्वरजङ्ग गहतराजले पनि भनाइ राख्नुभएको थियो ।
सभापति शशी श्रेष्ठले द्रुतमार्गबारे शुक्रबार बस्ने समितिको बैठकले सरकारलाई निर्देशन दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *