तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ मंसिर । ‘‘नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलनजस्ता गतिविधि गरेर किसानहरूको पक्षमा काम गर्दै आएको हो । नेमकिपाले भक्तपुरका गाउँसँगै पञ्चायतकालमै कर्णाली अञ्चलमा सङ्गठन गरी देश र जनताको सेवा गरेको हो ।’’
उक्त भनाइ नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपा सूर्यविनायकद्वारा नंखेलमा शुक्रबार आयोजित जनतासँग सांसद कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले नेमकिपालाई गाउँ नहेर्ने भनी प्रचार गर्ने सरकारी दलका नेता तथा जिल्ला कार्यकर्ताहरूले काठमाडौंमा घर निर्माण गरी यतै बसेर आफ्नो जिल्ला र गाउँलाई बेवास्ता गरेको बताउनुभयो ।
सांसद सुवालले दु्रतमार्गको नाउँमा खोना र बोङ्गाको पुराना बस्ती उठीवास गर्न सरकार लागिपरेको उल्लेख गर्नुहुँदै भक्तपुरमा अन्तराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने योजना पनि यहाँका किसान उठीवास हुनुपर्ने भएकोले प्रदेश ३ को राजधानी हेटौँडामा बनाउनु उपयुक्त हुने बताउनुभयो ।
सांसद सुवालले सन्तुलित विकासको निम्ति देशका सबै ठाउँमा विकास निर्माणका योजनाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले मिचेको चर्चा गर्नुहुँदै उहाँले नेपालको तराई भाग टुक्र्याउन भारतीय विस्तारवाद लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जन्मको आधारमा नेपाली नागरिकता दिनु गलत थियो । अहिले तिनका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने तयारी थप गलत हुनेछ ।’’
सांसद सुवालले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको निम्ति नेमकिपाले तराई, पहाड, हिमाल समेटिएको प्रदेश गठन गर्नुपर्ने र जन्मको आधारमा नागरिकता दिने प्रावधान हटाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैंजुले संसद भवन भूमाफिया र तस्करहरूको अखडाजस्तै भएको चर्चा गर्नुहुंदै ७० लाख युवाहरूलाई विदेश पठाएर समृद्धि नआउने बताउनुभयो ।
उहाँले जनताको घर, विद्यालय भत्काएर, सांस्कृतिक धरोहर र सम्पदालाई नष्ट गरेर विकास नआउने स्पष्ट पार्दै भक्तपुरको विकास सांस्कृतिक धरोहर संरक्षण र शिक्षाको गन्तव्य बनाएमात्र हुने बताउनुभयो ।
उहाँले खोना र बोङ्गामा सडक विस्तार र भक्तपुरमा रङ्गशालाको योजना जातीय सफाया, सांस्कृतिक विनास र किसानहरूलाई दुःख दिने उद्देयश्यका साथ आएको हुँदा जनताले यसको विरोध गर्नु स्वाभाविक रहेको बताउनुभयो । उहाँले सरकारलाई क्रिश्चियन धर्म प्रचार गरेर, होली वाईन पिएर, विवादित अन्तर्राष्ट्रिय संस्थाबाट एक लाख डलर पुरस्कार लिएर नयाँ युग आउँछ ? प्रश्न गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायकका अध्यक्ष सूर्यभक्त त्वातीले जनताका छोराछोरीले सस्तोमा पढ्ने ख्वप विश्वविद्यालयलाई रोकेर किसानलाई उठीवास लाउने रङ्गशालाको प्रस्ताव ल्याउने नेकपा जनविरोधी पार्टी रहेको बताउनुभयो ।
रङ्गशाला पीडित सङ्घर्ष समितिका अध्यक्ष हरिकृष्ण दनेगुलुले पुर्खाले सिर्जेको सम्पदा विनास गरेर कृषियोग्य जमिन मास्न ल्याएको रङ्गशालाको विरोध गर्न सबैलाई आह्वान गर्दै रगतको खोलो बगे पनि रङ्गशाला बन्न नदिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सङ्घर्ष समितिकै चन्द्रशेखर कासुलाले पनि मर्न तयार हुने तर किसानमारा रङ्गशाला बन्न नदिने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक ९ वडा समितिका अध्यक्ष तुल्सीदास कासुलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बाबुकाजी कासुलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply