एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
भक्तपुर, २८ मंसिर । ख्वप बास्केटबल प्रतियोगिता शुक्रबार पनि चालू रह्यो ।
भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरका विद्यालय तथा कलेज तहका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार कक्षा ११–१२ तहका छात्र बास्केटबल प्रतियोगितामा चाणक्य माविले ख्वप माविलाई, सैनिक आवासीय माविले निकल्सन माविलाई, नेपाल प्रहरीले सी बर्ड माविलाई र जनप्रेमी माविले मोर्डन माविलाई पराजित गर्न सफल भएको छ । कलेज तहको बास्केटबल प्रतियोगितामा अक्सब्रिजले काठमाडौँ स्कूल अफ ल लाई र भक्तपुर क्याम्पसले बेलर कलेजलाई पराजित गरे ।
कक्षा ११ र १२ का छात्रा विद्यार्थीहरूबीच भएको बास्केटबल प्रतियोगितामा काठमाडौँ वल्र्ड स्कूलले सैनिक महाविद्यालयलाई र ख्वप माविले सीबर्ड माविलाई पराजित गरे ।
कक्षा ८ देखि १० सम्मका छात्र विद्यार्थीहरूबीच भएको प्रतियोगितामा ज्ञान मन्दिरले गुरूकुललाई र जनप्रेमीले नेपाल प्रहरीलाई पराजित गरे ।
त्यस्तै कक्षा ८ देखि १० सम्मको छात्रा प्रतियोगितामा गुरूकुलले एभरेष्ट स्कूललाई र एभरेष्ट स्कूलले नेपाल तारालाई हराए ।
खेल लिग चरणमा भइरहेको छ । ख्वप कलेज परिसरभित्र भइरहेको उक्त प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं ख्वप माविका उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचारीले जानकारी दिनुभयो ।
Leave a Reply