दौड प्रतियोगितामा वागीश्वरी र आदर्श आजाद प्रथम
- भाद्र ७, २०८३
नेमकिपाको ४३ औं स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा दोस्रो अन्तर समाज फूटबल प्रतियोगिताको उद्घाटन शुक्रबार ख्वप कलेजमा सम्पन्न भयो।
कार्यक्रममा पार्टीका सचिव सुनिल प्रजापतिले खेलकुद मित्रता र स्वस्थको लागि हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा सचिव प्रजापतिले कामदार वर्गलाई शासक वर्गमा पुर्याउने लक्ष्यसहित नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो।
नेमकिपा सरकारमा नगई निरन्तर देश र जनताको सेवामा लागिरहेको चर्चा गर्दै उहाँले नेमकिपाले भागवण्डा, पक्षपात र भ्रष्टाचारको विरोध गर्दै आएको बताउनुभयो।
साम्राज्यवादीहरूले कमजोर देशमाथि गर्दै आएको आक्रमण एवं थिचोमिचोलगायत भारतले नेपालमाथि गरिएको सीमा अतिक्रमण र हस्तक्षेपविरूद्ध नेमकिपाले सदन र सडकमा सङ्घर्ष गर्दै आएको र गर्दै जाने विचार सचिव प्रजापतिले राख्नुभयो।
अरूको विचारलाई निषेध गर्नु प्रजातन्त्र होइन भन्दै सचिव प्रजापतिले प्रजातन्त्रको जग स्थानीय निकायको चुनाव छिटो हुुनु जरूरी रहेको तर प्रजातन्त्रको कुरा गर्ने सरकारमा गएका ठूला पार्टीहरूले १९ वर्षसम्म स्थानीय निकायको चुनाव नगरी भागवण्डाको राजनीतिमा लागिपरेको बताउनुभयो।
हिन्दी भाषालाई कामकाजको सरकारी भाषा बनाउने र नागरिकताबारे संविधान संशोधन भएमा अन्ततः देश सिक्किमीकरण हुने विचार राख्दै सचिव प्रजापतिले हिमाल–पहाड र तराई समावेश सङ्घीय प्रदेश हुनुपर्ने बताउनुभयो।
सक्षम स्थानीय निकायलाई विश्वविद्यालय र अस्पताल सञ्चालन गर्नु दिनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मण जोशीले पार्टीको सिद्धान्त र दर्शन पालन गर्नु नै कार्यकर्ताहरूको अनुशासन हो भन्नुभयो।
पार्टीले लिएको दर्शन, विचार र घोषणापत्रअनुसार नेमकिपाले इमानदारीपूर्वक पार्टी सञ्चालन गरेको चर्चा गर्दै उहाँले नेमकिपा कम्युनिष्ट जन्माउने पार्टी हो भन्नुभयो।
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कार्यकर्ताहरूले आत्ममूल्याङ्कन गर्नुपर्ने औंल्याउँदै पार्टीको निर्देशन, कार्यक्रम र सिद्धान्तबारे समाजका सदस्यहरू सुसूचित हुनुपर्ने बताउनुभयो।
कानुन अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापति र इञ्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो। शनिबार भएको उद्घाटन खेलमा कानुन अध्ययन समाज नेपालले पत्रकार समाज नेपाललाई पराजित गरी दोस्रो चरणमा पुग्न सफल भयो। प्रतियोगिताको अर्को खेलहरू फागुन २८ र २९ गने हुनेछ।
Leave a Reply