सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
ठूलो रकमको लोभमा भ्रष्टाचार गरेका सांसदमात्र नभई काठमाडौं उपत्यकामा घर भएर पनि घर भाडाबापत रकम बुझ्ने सांसदहरूमाथि भ्रष्टाचारको मुद्दा लाग्ने सङ्केत देखिएको छ । काठमाडौंमा घर हुँदाहुँदै सांसदहरूले घर भाडाको रकम राज्यको ढुकुटीबाट लिनु अरु भ्रष्टाचारका तुलनामा नगण्य नै भए पनि उक्त रकम फिर्ता नगर्ने सांसदहरूमाथि मुद्दा चलाउने अख्तियारले तयारी थालेको बुझिएको छ । प्रचलित नियम कानुनअनुसार लिन दिन नहुने रकम वा वस्तु लिनु वा दिनु भ्रष्टाचार हुन्छ । सरकारी ढुकुटीको पैसा लिन वा दिन नहुने काममा खर्च गर्ने र गराउने दुवै दोषी र सजातगी हुन्छन् । भ्रष्टाचारको रकम जति नै भए पनि प्रचलित ऐन नियमविपरीत राज्यकोष खर्च गर्नु भ्रष्टाचार नै हुने भएकोले अख्तियार अगाडि सर्न लागेको बताइएको छ । अख्तियारको पहिलो प्राथमिकता त्यसरी ऐन नियमविपरीत लिएको रकम फिर्ता गराउने नै रहेको बताइन्छ ।
त्यसरी अवैध र अनैतिक रुपमा घरभाडा लिनेमा अधिकांश सत्तापक्षकै सांसदहरू भएको बुझिन्छ । बहालवाला केही मन्त्री जो मन्त्री निवासमा ठाँटसित बसिरहेका छन् उनीहरूले समेत सांसदाहरूलाई दिइएको घरभाडा रकम नियमित बुझिरहेको बताइन्छ । अनैतिकता र स–सानो रकमको लालचको योभन्दा तड्कारो उदाहरण सायदै अरु होला । त्यसरी मन्त्री निवासमा बसेर पनि घर भाडाको रकम लिने खानेहरूमाथि छानबिन गर्ने र मुद्दा चलाउने आँट अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा कुनै निकायले गरेमा त्यसबाट जनमानसमा भ्रष्टाचारविरुद्ध सकारात्मक सन्देश जानेछ । ऐन नियमविपरीत राज्यकोष म्हास्ने साना र ठूला सबैमाथि कारबाही हुन्छ भने सन्देश प्रवाहित भएर जनतामाझ भ्रष्टाचारविरोधी वातावरण बन्न सघाउ पुग्नेछ ।
Leave a Reply