भर्खरै :

जनता बिउँझिनुपर्छ

–मेरिना शाक्य
सरकारको निम्ति तँछाडमछाड गर्ने ठूला दलका नेताहरूले जनताको राजनीतिक र सांस्कृतिक स्तर उठाउनेतर्फ कहिल्यै ध्यान दिएनन् । जसरी भए पनि सरकारमा पुग्ने, मन्त्री खाने, पद र सत्तामुखी राजनीतिमै दलका नेताहरूको ध्यान केन्द्रित भएको हुँदा सांस्कृतिक स्तर उठाउनेतर्फ सरकारको ध्यान नपुगेको हो । राजनीतिक चेतना र सांस्कृतिक स्तरकै अभावमा दुर्गममा मात्र होइन सुगम या सहर बजारमा पनि अन्धविश्वास र कुरीति व्याप्त छ । छाउपडी प्रथा बाँकी रहनु, उमेर नपुग्दै या सानै उमेरमा बिहे हुुनु यसको अर्काे कारण हो । अर्काे कारण गरिबी र अशिक्षा पनि हो ।
हाम्रा कति गाउँ–ठाउँमा सोझासीधा महिलाहरू लोभलालचमा फस्छन्, मीठो कुरा र आकर्षणमा भुल्छन् । तिनीहरू कसले कसरी षड्यन्त्र गर्छन्, षड्यन्त्र गरेर फसाउँछन् भन्ने कुरा ख्याल गर्दैनन् । फलतः त्यस्तै लोभमा महिला बेचबिखन हुन्छ, बेश्यालय पु¥याइन्छ, बेपत्ता पारिन्छ । उमेर नपुग्दै बिहे हुनेको सङ्ख्या २५–३० प्रतिशत पुग्नु भनेको सामान्य होइन । सानै उमेरमा बिहे भएकै कारण कतिले अनाहकमा दुःख पाए । कतिको सम्बन्ध विच्छेद भयो । पढाइ छोड्नेको सङ्ख्या पनि कमी छैन । यसरी नै घर परिवारमा अनेक समस्याले गर्दा परिवारका छोराछोरीहरू विचल्लीमा परेका छन् । हरेक राजनीतिक दलले आ–आफ्नो स्थानमा सामाजिक सुधार र सांस्कृतिक स्तरबारे सर्वसाधारण जनतामा ज्ञान दिनैपर्छ ।
पटक–पटक सरकारको नेतृत्व गर्ने, आफूलाई ठूला र शक्तिशाली ठान्ने तथा दुईतिहाइको सरकार भनी गर्व गर्ने सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूले जनताको चेतना स्तर उठाउनुभन्दा देशको राजस्वमा दम्फु बजाउने काम गरे । ठेकेदार, कमिसनखोर आदि हातमा लिएर कार्यकर्ता पाल्ने काम गर्न सत्तासीन नेताहरू पछि परेनन् । सरकारले जनतालाई शिक्षित या सुसूचित पार्नुपर्छ, जनजागरण अभियान ल्याउनुपर्छ । कुनै दलले सरकारको नेतृत्व गरेर या सत्ता सम्हालेर जनता सचेत हुँदैनन् । जनता सचेत, सङ्गठित भएमा अन्धविश्वासलाई आत्मसात गर्दैनन्, आपराधिक घटना घट्दैन । कसैको लोभलालच र षड्यन्त्रमा फस्दैन । सानैमा हुने विवाह कम हँुदै जानेछ । सचेत जनताले झूटको खेती गर्ने दल र नक्कली कम्युनिष्ट पार्टीलाई जिताउँदैनन् । अतः जनता बिउँझनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *