भर्खरै :

सुधार तथा खुलापनलाई गहन पार्नुपर्ने

चिनियाँ जन कांग्रेसको बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन मार्च पाँच तारिख पैचिङ्गमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सोहि दिन शाङ्गहाई प्रतिनिधिमण्डलको बैठकमा सहभागिता जनाउनुभयो।

शाङ्गहाईले सारा देशको सुधार र खुलापनको रेल गाडी यन्त्र संचालन गर्दै जाने र सिर्जनात्मक विकास गर्दै जाने राष्ट्राध्यक्ष सीले आशा लिनुभयो। साथै उहाँले स्वतन्त्र व्यापार क्षेत्रको सुधार, प्रविधिक सिर्जना केन्द्रको निर्माण, सामाजिक शासनमा सिर्जनाशीलता र सम्पूर्ण रुपमा पार्टी अनुशासन यी चार वटा क्षेत्रमा शाङ्गहाईले नयाँ उपलब्धी हासिल गर्ने आशा पनि व्यक्त गर्नुभयो।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *