भर्खरै :

ख्वप बास्केटबल प्रतियोगिताका खेलहरू जारी

भक्तपुर, १ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिताका खेलहरु आइतबार पनि चालू रह्यो ।
विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूबीच उक्त प्रतियोगिता लिग चरणमा भइरहेको छ ।
आइतबार कक्षा ११ र १२ का छात्रा विद्यार्थीहरुबीच भएको प्रतियोगितामा ख्वप माविले सैनिक महाविद्यालयलाई र काठमाडौँ वल्र्ड स्कूलले सी बर्डलाई पराजित गरे ।
कक्षा ११ र १२ को छात्र प्रतियोगितामा नेपाल प्रहरीले जनप्रेमीलाई र सैनिक महाविद्यालयले चाणक्यलाई पराजित गरे ।
कक्षा ८ देखि १० कक्षासम्मका छात्र विद्यार्थीहरूबीच भएको प्रतियोगितामा ओम ज्ञान मन्दिरले नेपाल प्रहरीलाई र सैनिक महाविद्यालयले एभरेष्ट स्कूललाई पराजित गरे ।
कक्षा ८ देखि १० सम्मका छात्रा विद्यार्थीहरूबीच भएको प्रतियोगितामा गुरूकुलले सुप्रिमलाई र एभरेष्टले निष्टलाई पराजित गरे ।
स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुबीच भएको प्रतियोगितामा भक्तपुर क्याम्पसले काठमाडौँ स्कूल अफ ललाई र अक्सब्रिजले बेलर कलेजलाई पराजित गरे ।
त्यस्तै ख्वप मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुबीच भएका विभिन्न प्रतियोगिताहरु सम्पन्न भइसकेको छ ।
छात्रा चेसतर्फ कक्षा १२ का अनिता लिगल पहिलो, कक्षा १२ कै रञ्जना मोक्तान दोस्रो र कक्षा १२ कै रोशनी थापा तेस्रो भइन् भने छात्रतर्फ बीबीएस दोस्रो वर्षका कविशेक लाखे पहिलो, कक्षा १२ का रसिक जधारी दोस्रो र कक्षा ११ का सन्देश कुमार गौतम तेस्रो भए ।
छात्र टेबलटेनिस प्रतियोगितातर्फ कक्षा १२ का अनिश द्योपाला पहिलो, कक्षा ११ का अभियान सुवाल दोस्रो र बीबीएस पहिलो वर्षका सन्जीभ धौबन्जार तथा कक्षा ११ का क्यारो सुवाल संयुक्तरुपमा तृतीय भए ।
छात्रा टेबलटेनिसतर्फ कक्षा १२ की आश्मा पाख्रिन पहिलो, कक्षा १२ की प्रजिता घिमिरे दोस्रो र कक्षा ११ की करिना प्रजापति तथा कक्षा १२ की अनिशा थापामगर संयुक्तरुपमा तेस्रो भइन्
त्यस्तै छात्र ब्याडमिन्टन प्रतियोगितातर्फ बीबीएस दोस्रो वर्षका समिर शिल्पकार पहिलो, बीबीएस तेस्रो वर्षका सुशान्त नायजू दोस्रो र कक्षा ११ का सुरज ग्वाछा तथा एमबीएस तेस्रो सेमेष्टरका रोजिन सुवाल तेस्रो भए ।
छात्रा ब्याडमिन्टनतर्फ कक्षा १२ की रमा माताङ पहिलो, कक्षा १२ की शुभेच्छा था श्रेष्ठ दोस्रो र कक्षा १२ की संगीता कार्की तथा बीएस्सी तेस्रो वर्षकी रोजिना कार्की तृतीय भइन् । सोमबार फूटबलका फाइनल खेलहरु सम्पन्न हुनेछन् ।
सोमबार बास्केटबलको फाइनल प्रतियोगिता हुने प्रतियोगिता संयोजक एवं ख्वप माविका उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *