भर्खरै :

युवा सम्मेलनको तयारी भेला

भक्तपुर, २ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरको आउँदो पुस १४ र १५ गते हुने एघारौं जिल्ला सम्मेलनको तयारीस्वरुप सोमबार युवा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजुले सम्मेलन साम्राज्यवाद र विस्तारवादलगायत दलाल पँुजीपति वर्ग र कम्युनिष्टको खोल ओढेर जनता झुक्याउने नक्कली कम्युनिष्टहरूविरुद्ध छेडिने आन्दोलनको सिलसिला हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वात्तीले सम्मेलन भव्यताका साथ सम्पन्न गर्न कार्यकर्ता परिचालनमा जोड दिनुभयो ।
नेक्रायुसङ्घको एघारौं भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन ¥याली सूर्यविनायक नगरपालिका वडा नं १, बिरुवाबाट बिहान १० बजे सुरु भएर गाम्चा हुँदै कटुञ्जे चक्रपाणी चोकमा आएर सभामा परिणत हुने जानकारी जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिनबहादुर बाटाले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *