भर्खरै :

स्तालिनका पनातिको अन्तर्वार्ता

(किस्लोरोड पत्रिकाले जोसेफ स्तालिनका पनाति याकोब जुगाश्भिल सँग लिएको अन्तर्वार्ताको सार सङ्क्षेप) ।
तपाईंका हजुरबुबा जोसेफ स्तालिनका जेठा छोरा याकोभलाई जर्मेनियालीहरूले कैदी बनाएको कुरो के साँचो हो ?
दुर्भाग्यवश, अन्य सारा जनताहरूजस्तै हाम्रो परिवारले पनि हिटलरका प्रचारमन्त्री गोएबल्स तथा ख्रुश्चेभका झूटा प्रचारप्रसारलाई साँचो मान्दै याकोभ जर्मेनियालीहरूको कैदी भएको कुरा स्वीकारेको थियो ।
तर, केही वर्ष अगाडि मैले इतिहासकार युरी इग्नाटिभिचलाई भेटेँ । उहाँले याकोभका विरुद्ध गोएबल्स र खु्रश्चेभहरूले फैलाएका झूटा कुराहरूलाई बाहिर ल्याउनुभयो । उहाँको यस सामाग्री अहिले http://jugashvili.com/press/kakpogibyakovdzhugasvili.htmlमा हेर्न सकिन्छ ।
यस्ता झूटा प्रचारविरुद्ध सङ्घर्ष गर्न तपाईंका के–कस्ता योजनाहरू छन् ?
इतिहासकारका लेखहरू पढिसकेपछि मेरा ठूला दाइ भिस्सारियोन ती कुराहरूमा पूर्णरूपले सहमत हुनुभयो र याकोभका सम्बन्धमा एउटा नयाँ चलचित्र निर्माण गर्ने सोच्नुभयो । उहाँ एक चलचित्र निर्माता तथा कथा लेखक हुनुहुन्छ । उक्त चलचित्रमार्फत हामी याकोभ पक्राउ भएका हैनन्, याकोभलाई भिटेब्स्क  भन्ने स्थानमा भएको युद्धमा मारिएको हो भन्ने साँचो कुरा सबैलाई बताउन सक्नेछौँ । उहाँलाई जर्मेनियालीहरूले पक्राउ गरेको कुरा नाजीहरूले फैलाएको झूटो प्रचारप्रसारमात्रै हो ।
हामीलाई थाहा भएअनुसार, तपाईंको बुबा येभजेन्ज जुगास्भिल को परिवारका सबै सदस्यसँग राम्रो सम्बन्ध थियो तर तपाईंको केहीसँग राम्रो सम्बन्ध छैन भन्ने कुरा सही हो ?
हो, परिवारका सबैसँग मेरो राम्रो सम्बन्ध छैन ।
किन ?
तिनीहरूमध्ये केहीले जोसेफ स्तालिनविरुद्धका दुष्प्रचारहरूबाट हाम्रो बेइज्जत गरे तथा केहीले स्तालिनविरुद्ध विभिन्न प्रकारका झूटा कुराहरू फैलाए । हामी त्यस्ता झूटविरुद्ध गइरहेका छौँ र म त्यस झूटा कुराहरूलाई जनतासमक्ष उदाङ्ग्याउन हरेक प्रयत्नहरू गर्दैछु । न्यायको पक्ष लिने एवम् मातृभूमिलाई महत्व दिने व्यक्तिहरूलाई मानिस कुनै खालको चिज होइन भन्ने बुझाउन म मेरो ‘प्रेस’ को क्षेत्रबाट धेरै प्रयत्न गर्दैछु । जोसेफ स्तालिन र सोभियत सङ्घविरुद्ध फैलाइएका झूटहरू उक्त देशका नेताको सम्मानलाई कम गर्नका लागि नै फैलाइएका थिए । यसरी उक्त नेताको जीवनमा घट्ने र घटेका हरेक घटनाहरूबाट जनता टाढा रहनेछन् । यसप्रकारको झूट जोसेफ स्तालिन र उहाँको परिवारविरुद्ध मात्रै नभई सम्पूर्ण रुसी जनताविरुद्ध फैलाइएको झूट हो । स्तालिनविरुद्ध झूट र भ्रामक खबरहरू फैलाएर विश्वमै पहिलोपल्ट विदेशी परजीवीविनाको समाज निर्माण गर्न सक्षम रुसी जनतालाई आफ्नै देशबाट हुने आन्तरिक एवम् बाह्य हमला र धम्कीहरूबाट बच्न असक्षम तुल्याइँदैछ ।
जोसेफ स्तालिनविरोधी झूटा प्रचारप्रसारहरू अमानवीय तत्वहरूले फैलाएका हुन् । त्यस्ता प्रचारप्रसारको खतरासँग लड्नसक्ने जनताको प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारिँदैछ । साथै त्यस समयमा सोभियत जनताले आर्जन गर्न सफल ठूलो धनराशी हालका उच्च वर्गका व्यक्तिहरूले कब्जा गरेको कामलाई पनि त्यस झूटले न्यायपूर्ण हो भन्ने बताएको छ । यस्ता परजीवी चुसाहाहरू उक्त धन सधैँभरि आफ्नै कब्जामा रहनेछ भनी निश्चिन्त भई आरामका साथ बसेका छन् । यस्तो कार्य लामो समयसम्म टिक्दैन भन्ने कुरामा म विश्वस्त छु । तर, जोसेफ स्तालिनका आफ्नै नातेदारहरू पनि उहाँविरुद्धको झूटा कुरालाई किन समर्थन गर्छन् भन्ने मैले बुझ्न सकेको छैन ¤ सायद त्यस्तो गर्नमा ती सबैको आ–आफ्नै निजी कारणहरू होलान् ।
जोसेफ स्तालिनप्रति उहाँको आफ्नै मातृभूमि जर्जियाले कस्तो व्यवहार देखाउँछ ?
जजिर्याका बासिन्दाहरूको जोसेफ स्तालिन तथा तत्कालीन सोभियत सङ्घबारेको चेतनाले त्यहाँका बासिन्दाहरूको मनोवृत्ति देखिन्छ । तर, त्यहाँ स्तालिन र सोभियत सङ्घलाई नै निकै गलत कुराको रूपमा प्रस्तुत गरिन्छ । यी दुवैलाई राम्ररी बुझ्नका निम्ति विशेष प्रकारको साहित्यमा दख्खल राख्नु आवश्यक छ तर त्यस्ता साहित्यहरू सबै रुसी भाषामा छन् । जर्जियाको शासन सत्ताले त्यहाँ राम्रो गर्न भनी करिब १० वर्षसम्म रुसी भाषामा बन्देज लगायो । त्यसकारण त्यहाँका युवा पुस्ता रुसी भाषा जान्दैनन् । रुसी भाषालाई जीवनोपयोगी भाषाको रूपमा नमान्ने धेरै जनताले पनि रुसी भाषाकै माध्यमबाट विश्व संस्कृतिमा आफ्नो पहुँच पु¥याउन सफल भएका छन् र रुसी भाषालाई ‘कब्जा गर्नेहरूको भाषा’ मान्दैनन् । तर, तिनीहरू पनि स्तालिनवादमा बढी रुचि राख्दैनन् । हाल जर्जियाली जनता आफ्नो अति गरिबीको कारण त्यस्ता कुराहरू सोच्नै सकिरहेका छैनन् । साथै टेलिभिजनबाट प्रसारित भइरहेका सोभियतविरोधी (रुसीविरोधी) र स्तालिनविरोधी प्रचारप्रसारका बारेमा पनि सचेत हुनसकेका छैनन् । जर्जियामा चालीस लाख जनताका लागि केबल २० वटा टि.भी च्यानलहरू छन् । जनताले यस्तो परिस्थितिसँग लड्नका लागि सन्तुलित मनस्थिति र द¥हो प्रेरणालाई साथ लिनुपर्छ । जर्जियाका स्तालिनवादीहरूले त्यहाँको परिस्थिति र आउने परिणाममा कुनै भूमिका खेल्दैनन् भन्ने हामीले बुझ्नुपर्छ । स्तालिनका विरुद्ध विभिन्न प्रकारका झूटहरू बदनियतवश फैलाइए तापनि विभिन्न लेख, रचनाहरूद्वारा प्रस्तुत गरिएको जोसेफ स्तालिनको सकारात्मक चित्र जर्जियाली जनताको मन र मस्तिष्कमा छापिएको छ । त्यसले तिनीहरूलाई स्तालिन र उनका कार्यहरूलाई सम्झिराख्न मद्दत गरेको छ ।
तपाईं र तपाईंका पिता येभजेनी जुगास्भिल ले जोसेफ स्तालिनको मर्यादा बचाउनका लागि अदालतका हरेक तारिखमा पुग्नुहुन्छ । यसमध्ये अदालतमा चलिरहेको निकै महत्वपूर्ण मुद्दा काटीन हत्याकाण्डको बारे हो । त्यस मुद्दामा पोल्याण्डका प्रहरी अधिकारीहरूलाई सोभियत सरकारले हत्या गरेको आरोप छ तर हालसालै टिभर्सकोई अदालतले उक्त घटना सन् १९४१ मा जर्मेनियालीहरूले गरेको भनी निर्णय गरेको छ । यथार्थ के हो ?
पक्कै पनि राज्य शाक्तिलाई मुद्दा हाल्नु निकै चुनौतीपूर्ण काम हो । उक्त आरोप अस्वीकार पनि गरिएको थियो । तर, न्यायाधीशले सन् १९४१ मा पोल्याण्डेलीहरूको हत्या जर्मेनियालीहरूले नै गरेको हो भनी दुईपटक फैसला गसिकेको थियो ।
यो सानो जीतको लागि तपाईंहरूलाई बधाई ।
यो कुनै सानो जीत होइन, यो ठूलो उपलब्धि हो । यो कुनै सामाजिक वा राजनीतिक पत्रकारिताको काम होइन । यो त बदनामी कमाएको न्यायिक तथ्यलाई पुनः सही साबित गरिएको हो । सम्पूर्ण सच्चा जनता तथा विशेषगरी पोल्याण्डका इमानदार जनतालाई यो जीतको क्षणमा बधाई दिन चाहन्छु । यसका साथै अन्य सम्पूर्ण स्वार्थी व्यक्तिहरूलाई हाम्रो यस जीतको समयमा मुटु द¥हो पारी बस्न भन्न चाहन्छु ।
अहिलेका यी अवरोधको समयमा स्तालिनीकरण एउटा उपायको रूपमा अगाडि आएको छ । के यसरी नै अर्को समाजको विकास हुनेछ ?
स्तालिनीकरण गर्नु भनेको जोसेफ स्तालिनको सक्षमता, उहाँको परिचय तथा किन केही व्यक्तिहरू उहाँको विरोध गर्छन् भनी जनतालाई शिक्षा दिने कार्य हो । त्यसकारण जोसेफ स्तालिन तथा तत्कालीन सोभियत सङ्घविरुद्ध फैलाइएको झूटलाई उदा·ो नगरेसम्म स्तालिनीकरण सम्भव छैन ।
(याकोब एक कलाकार तथा समाजप्रेमी व्यक्ति हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *