भर्खरै :

प्राध्यापक समाजद्वारा धन्यवाद ज्ञापन

भक्तपुर, ९ पुस । लामो समयपछि पुस ९ गते भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न त्रिवि प्राध्यापक सङ्घको निर्वाचनमा नेपाल प्राध्यापक समाज भक्तपुर बहुमुखी क्याम्पस एकाइका उम्मेदवारहरूलाई मत दिई सहयोग गर्नुहुने सम्पूर्ण प्राध्यापकहरू, आवश्यक सहयोग गर्ने विद्यार्थी तथा शिक्षक कर्मचारीहरूमा नेपाल प्राध्यापक समाज भक्तपुर बहुमुखी क्याम्पस एकाइ समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले चुनावमा उठाएका विषयहरू आगामी दिनमा पनि उठाउने र क्याम्पसको शैक्षिक प्रगति तथा प्राध्यापकहरूको पेशागत हक हितलाई ध्यानमा राखी प्राज्ञिक उन्नयनका लागि प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै समाजको एकाइ समितिका सदस्य विमल राजचलले समाजको विधानविपरीत अनुशासनहीन कार्य गरेकोले निजलाई समाजबाट निष्काशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *