यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १० पुस । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार विश्व सर्वहारा वर्गका महान् गुरु एवम् दार्शनिक कार्लमाक्र्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरस्तरीय कक्षा ११ र १२ का विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीति व्यक्तिगत फाइदाको निम्ति नभई व्यापक जनताको सेवा गर्ने र पँुजीवादी समाजलाई बदल्ने उद्देश्यले गर्नुपर्ने बताउनुभयो । विद्यार्थीहरूमा राजनीतिप्रतिको वितृष्णा देखिनु देश र समाजको निम्ति खतराको विषय भएको बताउनुहुँदै प्रमुख प्रजापतिले नेतृत्वकर्ताहरूमा इमानदारिताको आवश्यकता औँल्याउनुभयो ।
व्यापक जनतालाई राजनीतिक र सांस्कृतिक रुपमा सचेत गरेरमात्रै समाजवादी आन्दोलन अगाडि बढाउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले समाजवादी व्यवस्थामा बहुसङ्ख्यक कामदार जनताको हित हुने बताउनुभयो । उहाँले नयाँ पुस्ताका विद्यार्थीहरूले समाजको इतिहास र वर्गसङ्घर्षको इतिहासबारे थाहा पाउन माक्र्सवादी र समाजवादी साहित्य अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै नेपाल मजदुर किसान पार्टी समाजवादी शिक्षा प्रचारमा अग्रसर भइरहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूमाझ वैज्ञानिक शिक्षा प्रचारको आवश्यकता औँल्याउनुहुँदै घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षाको महत्व बढी भएको बताउनुभयो । भक्तपुरको शैक्षिक स्तर उकास्ने र शिक्षामा नमुना नगरपालिका बनाउने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताउनुभयो ।
नगर शिक्षा अधिकारी मेघनाथ रिमालले भक्तपुर नगरपालिका विद्यार्थीको सिर्जनशीलताको पक्षमा रहेको र विद्यार्थीलाई पाठ्यक्रमबाहेक अतिरिक्त क्रियाकलापमा सबल र सक्षम बनाउन यस प्रतियोगिताले ठूलो महत्व राख्ने बताउनुभयो ।
कार्यक्रममा स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, वडाअध्यक्ष उकेश कवांलगायतले बोल्नुभएको थियो ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ५ नं. वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाई र नगर शिक्षा अधिकारी मेघनाथ रिमाल हुनुहुन्थ्यो ।
‘समाज विकास क्रममा माक्र्सवादी दृष्टिकोण’ विषयमा वागीश्वरी माविका सारिका खुलीमुली प्रथम, पद्म माविका तुलसा उप्रेती द्वितीय र बासु माविका धीरेन्द्र विष्ट तृतीय हुनुभयो । ‘समाजवादी शिक्षा व्यवस्था ‘आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा ख्वप माविका प्रज्ञा दुवाल प्रथम, वागीश्वरी माविका सुवर्ण केसी द्वितीय, ख्वप माविका सहदेव कोइराला तृतीय र सान्त्वनामा पद्म माविका लुजन सिंह र बासु माविका रविता थुयाजुले सान्त्वना प्राप्त गर्नुभयो ।
निबन्ध लेखन प्रतियोगिता
विश्व सर्वहारा वर्गका महान् गुरु एवम् दार्शनिक का. कार्लमाक्र्सको द्विशतवार्षिक जन्म जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार माध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक्काइसौं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने भक्तपुर नगरपालिकाको उद्देश्य रहेको र नयाँ पुस्ताका विद्यार्थीमाझ वैचारिक छलफलको आवश्यकता औँल्याउनुभयो ।
समाज बदल्नका निम्ति माक्र्सको योगदानबारे विद्यार्थीमाझ चर्चा आवश्यक रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले कार्लमाक्र्सका रचना तथा साहित्य अध्ययनमा विद्यार्थीहरूले जोड दिनुपर्ने बताउनुभयो ।
समाजको निम्ति योगदान पु¥याएका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूबारे विद्यार्थी जानकार हुनुपर्ने बताउनुहुँदै विद्यार्थीलाई क्रियाशील बनाउन भक्तपुर नपाले स्थानीय पाठ्यक्रम, सीपमूलक तालिम र खेलकुद प्रतियोगिताहरूको आयोजना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई व्यक्तिगत स्वार्थमा लिप्त नगराउन र उनीहरूमा व्यवहारिक ज्ञान दिन यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजको वैज्ञानिक अध्ययन गर्ने नयाँ पुस्ता तयार गर्न भक्तपुर नगरपालिकाले जोड दिइरहेको बताउनुहुँदै नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार बन्न नसके देश धेरै पछाडि पर्ने बताउनुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याईच्याइंले अबको समाज प्रगतिको बाटोतर्फ लम्कनुपर्ने र समाजको विकासमा विद्यार्थीहरूले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, नगर शिक्षा अधिकृत मेघनाथ रिमालको पनि उपस्थिति थियो । निबन्ध प्रतियोगिताको ‘वैज्ञानिक समाजवाद आजको आवश्यकता’ शीर्षकमा २८ जना र ‘कला र संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका’ विषयमा ४२ जना गरी कुल ७० जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएको आयोजक नगर शिक्षा समितिले जनाएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा पुस १० गते भनपाको सभाकक्षमा भक्तपुर नगरभित्रका विभिन्न माध्यमिक विद्यालयका ९ जना विद्यार्थीहरूले ‘समाज विकास क्रमबारे माक्र्सवादी दृष्टीकोण’ र ‘समाजवादी शिक्षा व्यवस्था र आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा भाग लिने आयोजक समितिले जनाएको छ ।
Leave a Reply