भर्खरै :

युवा भेला सम्पन्न

भक्तपुर, १० पुस । आगामी पुस १४ र १५ गते हुने नेपाल क्रान्तिकारी युवा सङ्घको एघारौं भक्तपुर जिल्ला सम्मेलनको तयारीमा सोमबार नेक्रायुसङ्घ भक्तपुर नपा वडा नं ७ खँचाको आयोजनामा युवा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य गंगाराम ज्याख्वले कम्युनिष्ट आन्दोलनमा देखापरेको संशोधनवादविरुद्ध सङ्घर्षको सिलसिलाको रुपमा युवा सम्मेलन अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको सार्वभौमिकता र भूअखण्डता रक्षाको लागि युवा आन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका रामशरण त्वाती, नेक्रायुसङ्घ भक्तपुर नगर समितिका आसाकाजी बनमाला, नेक्रायुसङ्घ ७ वडा समितिका सुनिल ग्वाछा, राजकुमार बनमाला र तुलसीराम बनमालाले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *