न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
– गङ्गा पराजुली
पशुपतिनगर, ११ पुस । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् ।
जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महिना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो ।
कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनियरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।
दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा जनताको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो ।
वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो ।
कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् ।
सबै वडामा वडा सचिव भए पनि प्राविधिक कर्मचारी र शाखाअनुसारको कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा भौतिक पूर्वाधारको योजना कार्यान्वयन र अनुगमनको काम गर्ने नसकिएको बताइएको छ ।
पहाडी क्षेत्रको ठूलो सूर्योदय नगपालिकाको मुख्य प्रशासनिक भवनमा ३९ कर्मचारी आवश्यक छ तर अहिले १५ ले काम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
उत्तरपूर्वी माइजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय चार जनाले धानेको छ । कूल २१ कर्मचारीे दरबन्दी मुख्य प्रशासनिक कार्यालयमा भए पनि अहिले प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्रशासन प्रमुख र एक प्राविधिक मात्रै छन् ।
गाउँपालिकाको छ मध्ये चार वडामा मात्रै सचिव छन् । मुख्य प्रशासनिक कार्यालयका शाखा रित्तै रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो । केन्द्र र वडा गरी २९ कर्मचारीको दरबन्दी भए पनि अहिले ११ मात्रै कार्यरत हुँदा काम गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताउनुभयो ।
इलाम नगरपालिकाको समस्या उस्तै छ । नगरपालिकामा ४२ कर्मचारी आवश्यक भए पनि अहिले सङ्घीय सरकारबाट खटिएका सात मात्रै कर्मचारी छन् ।
जिल्लाको पश्चिमी देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय र वडा कार्यालय सञ्चालनमा ७० कर्मचारी आवश्यक पर्छ । तर, अहिले २२ ले मात्रै काम गरिरहेको र आन्तरिक स्रोतबाट अत्यावश्यक कर्मचारी थप गरी काम गरिरहेको नगरप्रमुख सूर्य पोखरेलले बताउनुभयो ।
Leave a Reply