न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
इसाम अब्देल–अजिज सरफ (इजिप्टका पूर्वप्रधानमन्त्री)
पेइचिङ्ले आपसी चासो र सम्मानलाई महत्व दिन्छ । अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने दृष्टिकोण र विचारको आधारशिलामा आपसी समानताको आवाज चीनले दिँदै आएको छ ।
सन् १९९६ मा “चीन–अफ्रिका मित्रताका लागि नयाँ ऐतिहासिक कदमतिर” भन्ने सारको मन्तव्य दिँदै तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ चमिनले ९व्ष्बलन श्झष्ल० अफ्रिकी एकता संस्थाको मुख्यालयमा एक्काइसौं शताब्दीका लागि चीन र अफ्रिकाबीच दीर्घकालीन र स्थिर सम्बन्धका लागि पाँचबुँदे प्रस्ताव अगाडि सार्नुभयो । प्रस्तावका प्रमुख बुँदाहरूमा निष्कपट र छलफलमा आधारित मित्रता, एक–अर्कोलाई समानताका आधारमा व्यवहार गर्ने, ऐक्यबद्धता तथा सहकार्य, साझा विकास र साझा भविष्य लक्षित सम्बन्ध पर्छन् ।
चीनले यस प्रस्तावलाई अफ्रिकामा इमानदारीपूर्वक अवलम्बन गरेको छ । चीनको सहयोग कुनै राजनैतिक स्वार्थ र आर्थिक सर्तसँग जोडिएको छैन । न त अफ्रिकीहरूलाई मन नपर्ने कुनै काम लाद्छ न बाध्य बनाउँछ । चीनले कुनै भूmटा आश्वासन पनि दिँदैन । हामीले जोन – पाउलबाट अध्ययन गरेजस्तै “हामी त्यो होइनौँ जो बोल्छौँ, त्यो हौँ जो गछौँ ।” चीनले जे गरेको छ त्यसैको परिणाम नै चीन – अफ्रिकाको सामिप्यता हो ।
चीन अफ्रिकामा कसरी पुग्यो ? भन्ने प्रश्न नै आजको हाम्रो प्रधान प्रश्न हो । चीनलाई अफ्रिकासँग अलग्ग पार्ने ती सम्पूर्ण भौगोलिक कारणहरू विद्यमान भए तापनि कसरी चीनले सफलता हासिल ग¥यो र यस महादेशमा उल्लेखनीय गतिविधिहरूमा कसरी आप्mनो उपस्थिति देखाउन सफल भयो ?
यी प्रश्नहरूको जवाफ दिन हामीलाई चीन–अफ्रिकाबीचको सम्बन्धको जगबारे बुभ्mन जरुरी हुन्छ । म त भन्छु यो सफलता चीनको नरम कूटनीतिको कारण हो । किनकि यो संहारक बलको आधारमा होइन बरु संस्कार, राजनैतिक मूल्य र कूटनैतिक सम्बन्धहरूका आधारमा हो । हावर्डका प्राध्यापक जोसेफ सामुयल नाईको पुस्तक ‘द राइज अफ चाइनाज सप्mट पावर’ मा यसका थुप्रै आधारहरू दिइएका छन् । पुस्तक पठनीय छ । सन् १९४९ जनवादी गणतन्त्र चीनको स्थापनापश्चात् लागू गरेको “नरम परिवर्तन” अफ्रिका र चीनका लागि मद्दत गर्न र फाइदा पु¥याउन असाध्यै प्रभावकारी ठहरियो । साथै अर्को अकाट्य सत्य के हो भने चीनले अफ्रिकी राज्यहरूको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन । त्यहीबाट अफ्रिकी नेतृत्व तथा कुलीन वर्गलाई चीनप्रति आभारी र कृतज्ञ बनायो र चीनप्रति सम्मान बढायो ।
चीनको यही व्यावहारिक मानवीय विकास नीतिले यस महादेश र विश्वभरी चीनको आर्थिक, सैन्य र सांस्कृतिक प्रभाव फैलाउन सकिएको हो भन्नेमा कुनै दुविधा छैन ।
चीनले पाएका उपलब्धिहरू उसका गतिशील एवं सक्रिय संयन्त्रहरूले प्रतिनिधित्व गर्छ । चीन र अफ्रिकाबीचको व्यापार सन् १९७८ को ७६ करोड ५० लाख अमेरिकी डलरबाट २०० गुना बढेर सन् २०१७ मा १७० अरब अमेरिकी डलर पुगेको छ । सन् २०१८ को पहिलो पाँच महिनामा चीन–अफ्रिका व्यापार १७.७ प्रतिशतले बढेर ८२ अरब अमेरिकी डलर पुगेको छ । करिब ३१०० चिनियाँ कम्पनीहरूले अफ्रिकामा यातायात, ऊर्जा, सञ्चार, औद्योगिक क्षेत्रहरू, कृषि प्रविधि केन्द्रहरू, खानेपानी व्यवस्था, विद्यालय र अस्पतालहरूमा लगानी गरेका छन् ।
क्षेत्र तथा मार्ग अगुवाइको रुपरेखामा रही रेलमार्ग, राजमार्ग, बन्दरगाह तथा ऊर्जा उत्पादनलगायतका क्षेत्र समेट्ने गरी संरचना स्थापना गर्नु चीन–अफ्रिका सहकार्यको प्रमुख प्राथमिकता बनिसकेको छ ।
सन् २००५ मा चीनद्वारा अफ्रिकी महादेशको औद्योगीकरण र कृषि आधुनिकीकरणलाई तिव्रता दिने उद्देश्यले चीन र अफ्रिकाबीच १० वटा सहकार्य योजनाहरूको घोषणा गरिएको थियो । आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रहरूजस्ता योजनाहरूलाई सहयोग पु¥याउन १० अरब अमेरिकी डलर बराबरको चीन–अफ्रिका क्षमता सहकार्य कोषको व्यवस्था गरिएको हो ।
एक आपसको आवश्यकता प्रदर्शन गर्न अफ्रिकाले चीनलाई के प्रदान गर्नसक्छ पनि हेरौँ । अफ्रिकी महादेश ५४ देशहरू मिलेर बनेको छ । ३ करोड वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको (विश्वको कुल जमिनको २० प्रतिशत) यस महादेशमा १ अरब १० करोडभन्दा ठूलो जनसङ्ख्या बस्छ, जसले यसलाई विश्वको सबैभन्दा ठूलो सम्भावनाले भरिएको बजार बनाएको छ । यस महादेशमा सम्पूर्ण निर्माणको आवश्यकता छ, तसर्थ चीनलगायत प्रमुख आर्थिक शक्तिहरू यसलाई उच्च सम्भावनाले युक्त जमिनको रुपमा हेर्छन् । अन्य महादेशका बजारहरूले विश्व अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्दैनन् । किनकि अब तिनीहरूको लगानी तथा उपभोग झण्डै संतृप्त (Saturated) अवस्थामा पुगिसकेको छ । वार्षिक ५.८ प्रतिशतले बढ्दै गरेको अफ्रिकी अर्थतन्त्रसँग १ खरब २४ अरब व्यारेल तेल सञ्चित छ जुन विश्व सञ्चितिको करिब १२ प्रतिशत हो । यहाँ करिब ५ हजार खरब घनमिटर प्राकृतिक ग्यासको सञ्चिति छ जुन कुल विश्व सञ्चितिको झण्डै १० प्रतिशत हुन आउँछ । यसबाहेक अफ्रिकासँग प्राकृतिक एवम् आधारभूत स्रोतहरू छन् । विश्व उत्पादनको करिब ९० प्रतिशत प्लाटिनम उत्पादन गर्छ, ४० प्रतिशतको हिरा, २७ प्रतिशत कोवाल्ट, ९ प्रतिशत फलामको मूल र ५० प्रतिशत सुनको सञ्चय अफ्रिकासँग छ ।
जलवायुमा विविधता र खोला नदीको प्रचुरताका कारण कृषि नै अफ्रिकाको एउटा महत्वपूर्ण आर्थिक गतिविधि हो । त्यहाँका दुईतिहाइ जनता कृषिमा संलग्न छन् । कफि, कपास र कोकोवाजस्ता कृषि उत्पादनको ठूलो स्रोत हो– अफ्रिका । त्यसैगरी माछाको ठूलो भण्डार हुनुका साथै, धेरै जङ्गल भएको कारण अफ्रिकाले काठको उत्पादन ठूलो परिमाणमा गर्नसक्दछ । अफ्रिकाको यो सम्भावनाले नै अफ्रिकालाई आत्मनिर्भर बनाउन चीनले सहकार्यको नीति लिएको हो ।
चीनले आपसी चासो, सम्मान र समानताको बाटो अँगालेको छ र अरुको मामिलामा पटक्कै हस्तक्षेप नगर्ने नीतिका कारण चीनको अगुवाइ सफलतातर्फ केन्द्रित हुँदैछ । चीनले ४० भन्दा बढी अफ्रिकी देशहरूमा ३३०० कि.मि. सडक ३० वटा अस्पताल, ५० वटा विद्यालय र १०० वटा ऊर्जा आयोजना निर्माण गरेको छ साथै व्यवसायीहरू र चिकित्सकहरू पठाउँदै छ । चीनले करिब १६०० चिकित्सकहरू ग्रामीण क्षेत्रमा पठाइसकेको तथ्याङ्क छ ।
सन् २००० अक्टोबरमा चीनले चीन–अफ्रिका सहकार्य मञ्च (FOCAC) को सुरुवात ग¥यो । सामुदायिक र निजी क्षेत्रमा व्यापार र लगानी सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको (FOCAC) का कारण चीन–अफ्रिका आर्थिक सम्बन्ध द्रुतगतिमा अगाडि बढेको हो ।
सन् २०१२ मा बेइजिङ्गमा सम्पन्न (FOCAC) को पाँचौं मन्त्रीस्तरीय सम्मेलनले २०१३–१५ का लागि “प्लान अफ एक्सन” पारित ग¥यो । साथै सोही वर्ष विकास एवम् दिगो विकासका लागि अफ्रिकी देशहरूले चीनबाट २० अरब अमेरिकी डलरको सहुलियत ऋण प्राप्त ग¥यो । करिब २,००० भन्दा बढी चिनियाँ कम्पनी वा तिनका शाखाहरू (सन् २००५ मा जम्मा ७००) कृषि, खानी, निर्माण तथा पुनःनिर्माण, व्यापार तथा लगानी, स्रोत उत्पादनहरूको प्रशोधन, उत्पादन तथा व्यावसायिक सामग्री उत्पादन, परिचालन आदिमा सक्रिय छन् । चीनले करिब ३०,००० अफ्रिकीहरूलाई प्राविधिक तालिम दिइसकेको छ भने १८,००० अफ्रिकी विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गरेको छ । चीनले आप्mनो पौराणिक सभ्यताको साँचो मुहारलाई जीवित राख्न, इतिहासलाई वर्तमानसँग जोडेर अघि बढ्न “सांस्कृतिक सञ्चार” को जगमा आधारित बाटो रोजेको छ । महादेशबाट स्रोत अन्त लाने आर्थिक शक्तिको आधारमा होइन । निष्कर्ष के हो भने एक्काइसौं शताब्दीको विश्व मञ्चमा नयाँ शक्तिको उदय भइसकेको छ भने परम्परागत शक्तिहरू कमजोर हुँदै छन् । पश्चिमा प्रभाव र त्यसको शक्तिलाई सीमित पार्ने “वैकल्पिक विश्वव्यापीकरणका सङ्केतहरू देखापर्नु वास्तवमै हितकर हुन्छ । यही परिदृश्यको विश्व मञ्चमा गैर–पश्चिमा देश चीन भने तीव्रगतिमा उदाउँदै छ, वैकल्पिक नीति तथा अभ्यासहरू अघि सार्दै छ, विशेषगरी विकासको मोडेलहरूमा पृथक पहिचानसहित उठ्दै छ । बृहत दृष्टिकोणबाट “वैकल्पिक भूमण्डलीकरणलाई व्याख्या गर्नु भनेको वर्तमान अभ्यासहरू, संस्थाहरू, नीतिहरू र स्रोतहरूको विकल्प स्थापित गर्ने “मूल्यहरूको समूह” Set of Value हो । यस अर्थमा, नयाँ चीनको स्थापनापश्चात् विश्व तहमा बेइजिङको भूमिकाको महत्व झन् बढ्दो छ । आर्थिक वृद्धि, औद्योगिक एवम् प्राविधिक विकास, अन्तर्राष्ट्रिय पहिचानका लागि राजनैतिक, आर्थिक एवम् सांस्कृतिक औजारहरूको परिचालन नै अहिले “वैकल्पिक भू–मण्डलीकरण” को अवधारणालाई सेवा गर्ने मुख्य बल बनेको छ ।
अफ्रिकासँग चीनको सम्बन्ध बितेका ६० वर्षको अवधिमा थप गहिरो र शक्तिशाली बनेको छ । अफ्रिका चीनको बढ्दो प्रभाव प्रतिबिम्बित गर्ने स्पष्ट साझेदारको रुपमा फेरिँदै छ । साथै अफ्रिकामा पश्चिमा शक्ति संरचना र संस्कृतिको बलियो र शक्तिशाली विकल्पका रुपमा चीन देखिएको छ । अफ्रिकामा चिनियाँ पदचापहरू छोड्नका लागि चीनको लचिलो बहुपक्षीय परराष्ट्रनीतिका औजारहरूको प्रयोगले सम्भव बनाएको हो । जसमा राजनैतिक हतियारहरू अर्थतन्त्र र संस्कृति प्रयोग गरिए ।
अनुवाद – हौसला
चाइना डेली, सेप्टेम्बर– ३, २०१८
Leave a Reply