भर्खरै :

एउटा अमर सम्बन्ध फिडेल र मार्खेजको

फिडेल क्यास्ट्रो र गाब्रियल गार्सिया मार्खेजको मित्रतामा आधारित आफ्नो पुस्तकमा मार्खेजको विषयका अध्येता एन्जेल इस्तेबान र स्टेफाने पानिचेल्ली–बाटालाले आधुनिक विश्वका दुई सर्वाधिक प्रभावशाली व्यक्तिहरुबीचको मित्रता र उनीहरुका जीवन र कार्यमा त्यो मित्रताले पु¥याएको प्रभावको विषयमा कलम चलाएका छन् ।

‘धेरै मानिस फिडेल निकै जिज्ञासु पाठक भएको सुनाउँछन्’, बाटालाले भने,‘उनी जुनकुनै समय पनि पढ्न सक्थे । तपाईले कुनै रात कुनै किताब उनलाई दिनुभयो भने भोलि बिहानसम्ममा उनले त्यो पुस्तक पढिसकाएका हुन्छन् । पढ्न मात्र सकाउने होइन, बरु त्यो पुस्तकबारे निकै उत्कृष्ट टिप्पणी पनि गर्नेछन् ।’

‘गाबो’ अर्थात मार्खेजलाई ल्याटिन अमेरिकाभरि माया दर्शाउन बोलाइने नाम । गोबो आफ्नो कुनै पनि कृति पूर्ण रुपमा लेखिसके पछि प्रकाशकलाई प्रकाशनको निम्ति पठाउनुअघि पाण्डुलिपि क्युवाली नेता फिडेलकोमा पठाउने गर्थे र कोलोम्बियाका नोबेल पुरस्कार विजेता मार्खेजको कृतिमा फिडेल अनौपचारिक सम्पादकको काम गर्थे ।
‘धेरै मानिस फिडेल निकै जिज्ञासु पाठक भएको सुनाउँछन्’, बाटालाले भने,‘उनी जुनकुनै समय पनि पढ्न सक्थे । तपाईले कुनै रात कुनै किताब उनलाई दिनुभयो भने भोलि बिहानसम्ममा उनले त्यो पुस्तक पढिसकाएका हुन्छन् । पढ्न मात्र सकाउने होइन, बरु त्यो पुस्तकबारे निकै उत्कृष्ट टिप्पणी पनि गर्नेछन् ।’
‘गाबोका किताबका उनी प्रथम समीक्षक हुने गर्थे’, बाटालाले भनिन् ।
मार्खेजको आफ्नो राजनीतिक झुकावले सन् १९५९ को क्युवाली क्रान्ति र त्यो क्रान्तिको अग्रपंक्तिमा रहेका व्यक्तिको सहयोगमा एउटा महत्वपूर्ण भूमिका खेलेको थियो । ख्यातिप्राप्त लेखक मार्खेज क्युवामा क्यास्ट्रोले लागु गरेको समाजवादी बन्दोबस्तबाट प्रभावित थिए । उनी यो आदर्श बन्दोबस्त छिमेकी देशहरु हुँदै महादेशभरि फैलिएको हेर्न चाहन्थे । उनी आफूले आफैलाई ‘यो आदर्शका लागि साँचो लडाकुभन्दा पनि एक जना शुभेच्छुक’ को रुपमा प्रस्तुत गर्न रुचाउँथे ।
‘म सानो छँदा’, मार्खेजले द न्यू लेफ्ट रिभ्युको अप्रिल सन् १९८३ को अंकमा भनेका छन्, ‘उनी(हजुरबुवा)ले मलाई अनुदारवादी सरकारविरुद्ध स्वतन्त्र चिन्तकहरु र धार्मिक पुरातनविरोधीहरुले लडेको अन्तिम गृहयुद्धका भीषण कथाहरु सुनाउनुहुन्थ्यो । उहाँले मलाई म जन्मेको वर्ष अराकाटाका भन्ने ठाउँमा केराबारीका मजदुरको नरसंहारको घटनाबारे पनि सुनाउनु हुन्थ्यो । यसप्रकार मेरो परिवारले मलाई यथास्थितिको भारी बोकेर हिड्नुभन्दा पनि विद्रोहको बाटोतिर अघि बढ्न उत्साहित गरेको थियो ।’
मार्खेज जिपाक्युरामा माध्यामिक विद्यालय पढ्दै गर्दा माक्र्सवादी शिक्षाबाट परिचित भएका थिए । सन् १९३० दशकमा तात्कालीन राष्ट्रपति अल्फोन्सो लोपेज नेतृत्वको वामपन्थी सरकारको शासनमा शिक्षकहरुले माक्र्सवादी शिक्षा दिने गर्थे ।
‘बिजगणितका शिक्षकले खाली समयमा ऐतिहासिक भौतिकवादको विषयमा कक्षा लिनु हुन्थ्यो । रसायनशास्त्रका शिक्षकले लेनिनका किताबहरु दिनुहुन्थ्यो । इतिहासका शिक्षकले वर्गसंघर्षका विषयमा बताउनुहुन्थ्यो ।’
विद्यालय जीवन सकाएर निस्कँदा मार्खेजले दुईवटा प्रष्ट विचार बोकिसकेका थिएः ‘राम्रा उपन्यास यथार्थको काव्यिक रचना हो’ र … ‘मानव जातिको तत्कालको भविष्य समाजवादमा टिकेको छ ।’

‘बिजगणितका शिक्षकले खाली समयमा ऐतिहासिक भौतिकवादको विषयमा कक्षा लिनु हुन्थ्यो । रसायनशास्त्रका शिक्षकले लेनिनका किताबहरु दिनुहुन्थ्यो । इतिहासका शिक्षकले वर्गसंघर्षका विषयमा बताउनुहुन्थ्यो ।’

‘वन हन्डे«ड एयर्स अफ सोलिट्युड’ लगायत मार्खेजका उत्कृष्ट रचनाहरुका प्रथम पाण्डुलिपि पढ्ने थोरै मानिसहरुमा पर्थे–फिडेल । ‘उपन्यासका पात्र विकास र प्लटमा फिडेलको कुनै भूमिका थिएन, तथापि उनको साहित्यप्रतिको व्यग्र भावना र गम्भीरताका कारण कृतिको समीक्षा गर्न फिडेल एक जना आदर्श पात्र थिए’,बाटालाले भनिन् ।
तर यी दुई मानिसहरुको सम्बन्ध साहित्य र अझ राजनीतिभन्दा पनि निकै माथि थियो । एकअर्कोलाई प्रत्यक्ष रुपमा भेट्नुभन्दा अघि देखि नै मार्खेज सधैं फिडेलको पक्षमा उभिए । सन् १९६८ मा चेकोस्लाभाकियामा सोभियत संघले गरेको हमलाको फिडेलले समर्थन गर्दा मार्खेज पनि त्यही विचारको पक्षमा उभिएका थिए ।
‘मलाई गरिएको विश्वासको लागि म उनलाई घात गर्दिन भन्ने कुरा उनलाई थाहा छ र हुन सक्छ, उनले सबभन्दा विश्वास गरेको मानिस म नै हुँ ’, आफ्ना मित्र क्युवाली क्रान्तिका नेता तथा कमरेड फिडेल क्यास्ट्रोप्रति आफ्नो साथ–समर्थन जनाउन मार्खेजले भनेको एउटा चर्चित भनाई हो यो ।
स्रोतः टेलिसुर
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *