भर्खरै :

इजरायली सेनाद्वारा प्यालेस्टाइनी सक्रिय योद्धाको हत्या

इजरायली सेनाले प्यालेस्टाइनका सक्रिय अभियन्ता बासेल अराजको हत्या गरेको छ । इजरायली सेनाले राति गरेको सैनिक कार्यबाहीका क्रममा उनको हत्या भएको हो । बासेलको हत्याप्रति आक्रोश पोख्दै प्यालेस्टाइनी जनताले सोमबार पश्चिम किनाराको शहर रमल्लाहमा विरोध प्रदर्शन गरे । विभिन्न प्यालेस्टाइनी संघ–संगठनहरुले हत्याको भत्र्सना गरेका छन् ।
प्यालेस्टाइनी मुक्ति माक्र्सवादी जनमोर्चाले सोमबार वक्तव्य जारी गरी अराजको ‘हत्या’ भएको बताएको छ । जनमोर्चाले अराजलाई ‘प्यालेस्टाइनका सबभन्दा सक्रिय युवा लडाकुहरुमध्ये एक’ भनी व्याख्या गरेको छ । ‘इजरायली कब्जाविरुद्ध निरन्तर लड्ने एक जना योद्धा जसले प्यालेस्टाइनी इतिहासको समयक्रम अध्ययन गर्न मिहिनेत गर्नुका साथै प्यालेस्टाइनी लक्ष्य विघटनका हरेक सम्भावनाविरुद्ध लडे ।’, वक्तव्यमा भनिएको छ ।
अराज एक जना क्रान्तिकारी बुद्धिजीवी हुन् जसले आफ्नो सबै साँस्कृतिक र बौद्धिक उर्जा हस्तक्षेपविरुद्ध प्रतिरोधका लागि खर्च गरे । उनी प्रतिरोधको मैदानमा पनि उत्तिकै सक्रिय रहे ।’ वक्तव्यमा अघि भनिएको छ ।
प्यालेस्टाइनका एक जना सक्रिय कार्यकर्ता र प्यालेस्टाइन राष्ट्रिय तदर्थ राजनीतिक पार्टीका प्रमुख मुस्ताफा बरघोतीले अराजको हत्यालाई ‘अरु केही नभई गैरकानुनी हत्या भनी टिप्पणी गरे ।
अराज बस्दै आएको पश्चिम किनाराको बेथलेहेम जिल्लाको एउटा गाउँमा अवस्थित घरमा राति हमला गर्दा उनीसँगै अरु दुई जना मानिस पनि थिए । इजरायली अधिकारीहरुले विगत केही महिनादेखि अराजलाई ‘इस्लामिवादीहरुसँग नजिक’ भएको भन्दै खोजी गरिरहेको थियो ।
यसैबीच इजरायली प्रहरीले प्यालेस्टाइनी कार्यकर्ताको हत्यालाई ‘इजरायली नागरिक तथा सुरक्षाकर्मीमाथि हमला गर्न योजना बनाइरहेको अवस्थामा सीमाना प्रहरी सीटीको कार्यबाहीमा परी आतंकवादी मारिएका े’ भन्दै समाचार सम्प्रेषण गरेको छ । इजरायली प्रहरीका प्रवक्ता मिक्की रोसनफिल्डले जारी गरेको वक्तव्यमा त्यसो लेखिएको छ ।
तथापि अराजका काका खालिदले आफ्नो भतिजो आफ्नो अधिकांश समय प्यालेस्टाइनी इतिहास र भूगोलबारे अध्ययन र अनुसन्धानमा बिताउने गरेको सोमबार अल जजिरालाई बताए ।

इजरायली वक्तव्यले इजरायली अधिकारीहरु अराजलाई गिरफ्तार गर्न घर पुग्दा उनी र अरु दुई जनाले प्रहरीमाथि गोली हानेको पनि उल्लेख छ । तर बरघोतीले आफू घटनास्थल पुगेको र त्यहाँ इजरायलीहरुले गोली हानेको प्रष्ट थाहा हुने बताए ।
‘उनीहरुले त्यहाँ दोहोरो भीडन्त भएको भन्दैछन् तर मैले त्यहाँ गएर हेर्दा एकतर्फी गोली हानेको पाएँ, त्यो पनि इजरायली पक्षबाट मात्र ।’, अल जजिरालाई उनले भने ।
अराजलाई एकै पटक मात्र गोली हान्ने मौका मिलेको भए उनीमाथि एक पटकभन्दा बढी पटक गोली हानिएको हुनेथिएन । इजरायली गोलीहरुले पूरा घर छियाछिया भएको छ । तर इजरायली पक्ष दोहोरो भीडन्त भएको भन्दैछन् ।’
प्यालेस्टाइनी सरकारले हत्याको भत्र्सना गरेको छ । तर वामपन्थी दल पीएफएलपीले प्यालेस्टाइनी सरकार घटनाको लागि दोषी भएको बताएको छ । रमल्लाह र तेल अभिभबीचको सुरक्षा समन्वयका कारण इजरायली अभियन्ताहरुलाई सजिलै निशाना बनाउने गरिएको उसको भनाई छ ।
‘सुरक्षा समन्वय खुला रुपमा शहिदको रगत, जनताको मान्यता र मूल्यमाथिको धोखेबाजी हो । यसले प्यालेस्टाइनी युवाहरुको प्रतिरोधी भावनालाई कमजोर बनाएको छ ।’, माक्र्सवादी प्रतिरोध समूहले भनेको छ ।
अराजलाई बिना कुनै कसुर झण्डै पाँच महिना प्यालेस्टाइनी जेलमा थुनिएको थियो र गएको सेप्टेम्बर महिनामा उनलाई रिहा गरिएको थियो । तर रिहा लगत्तै उनी इजरायली हमलाको शिकार बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *