विकासशील देशहरु जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का सिकार
- भाद्र २३, २०८३
प्रजग कोरियाको विदेश मन्त्रालयले सोमबार मलेसियाका राजदुतलाई अयोग्य कुटनीतिज्ञ(पर्सना नन ग्राटा) घोषणा गर्दै ४८ घण्टाभित्र देश छोड्न आदेश जारी गरेको छ ।
विदेश मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा सो निर्णयबारे थप व्याख्या गरिएको छैन । प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले सो सूचना सार्वजनिक गरेको हो ।
गएको शनिबार मलेसियाले प्रजग कोरियाका राजदूत काङ छोललाई पर्सना नन ग्राटा घोषणा गरी ४८ घण्टाभित्र मलेसिया छोड्न बताए पछि प्रजग कोरियालबाट पनि यस्तो निर्णय भएको हो ।
प्रजग कोरियाका एक पुरुषको हत्याको अनुसन्धानको शिलशिलामा मलेसियाले त्यस्तो निर्णय गरेको हो ।
काङ र प्रजग कोरियाली सरकारले मलेसियालाई पटक पटक क्वालालाम्पुरमा गएको फेब्रुअरी १३ मा प्रजग कोरियाका एक जना नागरिकको हत्या भएको घटनालाई लिएर ‘निर्मम शक्तिसँग नमिल्न’ चेतावनी दिएको थियो । प्रजग कोरियाले सो व्यक्तिको हत्याबारे मलेसियाले गरेको अनुसन्धानलाई अस्वीकार गरेको छ ।
गत फेब्रुअरी १६ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ मा हमला भएका प्रजग कोरियाली नागरिक किम छोल भएको पहिचान भएको छ । विमानस्थलका कर्मचारीहरुसँग सहयोग मागेको केही समयपश्चात उनको निधन भएको थियो ।
मलेसियाली पक्षले प्रजग कोरियाका ती व्यक्तिलाई प्राणघातक भीएक्स नर्भ नामको विषको उच्च मात्राका कारण निकै कष्टदायी मृत्यु मरेको जनाएको थियो ।
तथापि प्रजग कोरियाले आफ्नो छवि धमिल्याउन दक्षिण कोरिया र संरा अमेरिकाको कुरा सुनेर त्यस्तो प्रचार गरेको भन्दै आएको छ ।
प्रजग कोरियाले सो विषयमा कुराकानी गर्न र मृत्तकको लास देश फर्काउन मलेसियामा एक उच्चस्तरीय प्रमण्डल पठाइसकेको छ । तर मलेसियाले लास फर्काउन मानिरहेको छैन ।
मलेसियामा गएको प्रजग कोरियाली प्रमण्डलका प्रवक्ता रि तोङ इलका अनुसार मृत्तक मुटुको रोगी भएको र समय समयमा मुटुरोगको उपचार गराइसकेको, औषधि नभएको अवस्थामा यात्रा गर्न नसक्ने जानकारी दिएका छन् ।
सोमबारबाट प्रजग कोरियाली नागरिकलाई भिसा फ्रि गर्ने मलेसिया सरकारको बन्दोबस्त फिर्ता गरेको छ । आफ्नो देशको सुरक्षालाई ध्यानमा राखी त्यस्तो निर्णय गरेको मलेसियाले जनाएको छ ।
सिन्ह्वा
Leave a Reply