वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
दिवाकर तामाल्सना
छिमेकीको बिरालो पल्व्यो अरे हाम्रो घरमा
लौन कोही त्यसलाई फर्काइ देउन
मनको मित्र ढल्कयो अरे अर्काको भरमा
लौन कोही उसको मनलाई यतै ढल्काइ देउन
बगैंचाका असल फूल हराउँदै छन्
हिजो छिँडि ताक्नेहरू, आज बुँइगलमा आँखा लगाउँदै छन् ।
मौसम त्रासको घरमा छाउँछ
हो, रगत उम्लेर आउँछ
हो, रगत उम्लेर आउँछ
हजुरबुबाका खुकुरीका घार हराउँदै छन्
हिजो भर्खर दुइ पाउमा हिँड्न सिकेका
आज फेरि चारपाउले जमिन समाउँदै छन्
एक्कासि घरमाथि कालो काग कराउँछ
हो, रगत उम्लेर आउँछ
हो, रगत उम्लेर आउँछ
परायासँग नाता जोडी
घरको भान्छा भद्रगोल छोडी
सरसामान सबै तोडी
अर्काको भोजमा रमाउँदै छ अरे ऊ
लौन कोही उसको राक्षसी भोक मेटाइ देउन
मित्र नभई शत्रु कमाइ
आफ्नो नाशमा आफैँ रमाइ
अस्तित्वको जुवाको खाल जमाइ
आमाको अङ्गको जुवा हार्दै छ अरे ऊ
लौन कोही उसलाई उसको होस फर्काइ देउन
छिँडीमा बसेको मधेसी
पहिलो तल्लाको नेवार गन्दैन अरे
दोस्रो तल्लामा बसेको बाहुन पनि
मधेसीलाई आफ्नै घरको भन्दैन अरे
छिमेकीले देखावटी भाइचाराको मादल बजाउँछ
हो, रगत उम्लेर आउँछ
हो, रगत उम्लेर आउँछ
खुला मैदानमा पनि साँधुरो सोच बोक्छ अरे ऊ
छोरीलाई पढन पठाउन रोक्छ अरे ऊ
रुढीवाढी किताबका मन्त्र घोक्छ अरे ऊ
लौन कोही किताबका पन्ना जलाई देउन
नयाँ सोचको चलचित्र उसको सोचमा चलाई देउन
क्रियाकलाप सबै हेरेको छ मैले
यी सब धोक आफ्नो मनको पानामा केरेको छु मैले
घर हुँदा हुँदै दाजुले डेरा खोजेको देखेको छु मैले
दाजुले राम्रो घरमा डेरा लिएका छन् रे
घरबेटी र छिमेकीले सम्मान दिएका छन् रे
आफ्नो घर सम्झी उनलाई पनि विरक्त लाउँछ
डेरामा बसेको घरबेटीको सत्यले असह्य बनाउँछ
हो, रगत उम्लेर आउँछ
हो, रगत उम्लेर आउँछ ।
Leave a Reply