‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
काठमाडौँ, १६ पुस । आजबाट नयाँ वर्ष सन् २०१९ आरम्भ हुँदैछ । बितेको सन् २०१८ संसारका न्यायप्रेमी जनताको लागि तुलनात्मक रुपमा सुखद् वर्ष रह्यो । आफ्नै आन्तरिक र मूलतः अवश्यम्भावी पुँजीवादी सङ्कटका कारण संरा अमेरिकी साम्राज्यवादका नङ्ग्रा क्रमशः कमजोर बन्दै गएको छ । नयाँ वर्षको समयमा संरा अमेरिकी सङ्घीय सरकारका कार्यालयहरू राष्ट्रपति कार्यालय र संसदबीचको विवादका कारण बन्द हुनुले संरा अमेरिकी साम्राज्यवादभित्रको आन्तरिक मतभेद गहिरो बन्दै गएको सङ्केत गरेको छ । एउटै मोर्चामा आबद्ध युरोपेली देशसँग संरा अमेरिकाको सम्बन्ध खुकुलो बनेको छ । युरोपेली देशहरूका निम्ति वाशिङ्टनसँगको सम्बन्ध ‘नखाउँ दिनभरको शिकार, खाउँ कान्छो बाउको अनुहार’ जस्तै भएको छ । युरोप आज संरा अमेरिकालाई विश्वास गर्नसक्ने अवस्थामा छैन ।
उदयीमान चीनसँग संरा अमेरिकाको व्यापार युद्ध वाशिङ्टनको लागि आफ्नै खुट्टामा बञ्चरो बनेको छ । विश्व व्यापार सङ्गठनको सदस्य देशले पालना गर्नुपर्ने नियमप्रति उपेक्षा गर्दै वाशिङ्टनले व्यापार संरक्षणवादको नीति लागू गर्न खोज्यो । उसको त्यस्तै नीतिका कारण चीनसँग मात्र होइन, आफ्नै खेमाका क्यानाडा, युरोपेली देशहरू र छिमेकी मेक्सिकोसँग पनि द्वन्द्वको अवस्था रह्यो । यसले अन्ततः संरा अमेरिकी शासक वर्गबीच मतभेद चर्काइएको छ ।
आप्रवासी मुद्दा संरा अमेरिका र युरोपेली देशहरूको निम्ति गएको सालको सबभन्दा ठूलो चुनौतीको रुपमा रह्यो । साम्राज्यवादले संसारभरि फैलिएको युद्धका कारण सुरक्षित भविष्यको लागि युरोप र संरा अमेरिकामा जाने आप्रवासीको ठूलै लर्को देखियो । तर, राजनीतिक नेतृत्वमा फासीवाद बलियो बन्दै गएसँगै आप्रवासी जनतालाई निषेध गर्ने नीतिले युरोप र संरा अमेरिका सङ्कटमा फस्यो । होण्डुरसबाट सुरू भएको आप्रवासीको लस्कर मेक्सीको हुँदै संरा अमेरिका पस्न खोज्यो । तर ट्रम्पको फासीवादी नीतिले आप्रवासीमाथि चर्को दमन भयो । ह्वाइटहाउस यतिबेला सिमानामा पर्खाल लगाउने प्रयास गरिरहेको छ । डेमोक्रेटिक पार्टी यसमा मानेको छैन । आप्रवासीका बालबालिकालाई आमाबुबाबाट अलग राख्ने नीतिका कारण सरकारको चर्को आलोचना भयो । आप्रवासी समस्या मूलतः पुँजीवादी बन्दोबस्तले निम्त्याएको समस्या हो ।
द्वन्द्वको तातो भूमि मानिने मध्यपूर्वी क्षेत्रलाई साम्राज्यवादले थोपरेको द्वन्द्वले अझै मुक्ति दिएको छैन । मे महिनामा इरान आणविक सम्झौताबाट हात झिकेपछि तेहरान र वाशिङ्टनबीचको सम्बन्ध चिसिएको छ । सिरियामा लामो समयदेखि चालू युद्ध समाप्त भयो । बसार अल अस्साद नेतृत्वको सरकारले पूरै सिरियामा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको छ । संरा अमेरिकाले सिरियाबाट आफ्नो सेना फिर्ता गरेको छ । टर्की, इरान र रुसको सहयोगमा सिरिया सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ । सोही क्षेत्रमा हुथी विद्रोही र यमन सरकारबीचको लडाइँ संरा सङ्घको सहायतामा शान्तिपूर्ण समाधानतिर अघि बढिरहेको देखिन्छ । तर, क्षेत्रीय र बाह्य शक्तिको स्वार्थ र हस्तक्षेप रहेसम्म त्यहाँको द्वन्द्व तत्काल समाधान भइहाल्ने अवस्था भने छैन । साउदी अरबका पत्रकार जमाल खासोस्गीको टर्कीको इस्तानबुलमा साउदी दूतावासभित्र साउदी राजकुमारको निर्देशनमा भएको हत्याले साउदी सरकारको असहिष्णुतामात्र उजागर गरेन, बरु साउदी सरकारकै पक्ष लिएर संरा अमेरिकाले पनि आफ्नो भित्री रुप संसारसामु प्रदर्शन ग¥यो ।
कोरियाली प्रायःद्विपमा विकसित घटनाक्रम सन् २०१८ का प्रमुख राजनीतिक घटनामध्ये छुटाउन नसकिने ऐतिहासिक घटना हो । सन् २०१८ को जनवरी १ मा प्रजग कोरियाली नेता किम जङ उनले दिएको वार्षिक वक्तव्यबाट तीव्रता लिएको कोरियाली प्रायःद्विपको शान्ति प्रक्रियाले छोटो समयमै अकल्पनीय सफलता हासिल ग¥यो । दुई कोरियाका शीर्ष नेताबीच तीन चरणको शिखर वार्ता भयो । कुनै बेला पानी बाराबारको अवस्थामा रहेका प्रजग कोरिया र संरा अमेरिकाबीच शीर्ष तहको वार्ता सि·ापुरमा जून महिनामा सम्पन्न भयो । दुई कोरियाबीच आर्थिक, सैन्य, सामाजिक क्षेत्रमा सहकार्यको क्रम अझ अघि बढिरहेकै छ । अरु कुरा सामान्य रहेमा आगामी वर्ष सन् २०१९ मा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना प्रवल छ । अघिल्लो वर्ष किमले तीनपटक चीनको भ्रमण गरेका थिए ।
दक्षिण एसियामा भने सन् २०१८ उत्साहजनक रहेन । सन् २०१४ मा सत्तासीन भारतका प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले भारतमा अल्पसङ्ख्यक समुदाय, किसान–मजदुर, दलित र प्रगतिशील विचारका पक्षधरमाथि दमनको क्रममा सत्ताकै संरक्षणमा हिन्दू अतिवादी असहिष्णुताले भारतीय जनताको जीवन कष्टकर बनायो । माल्दिभ्स र श्रीलङ्कामा भएको सत्तासङ्घर्ष चर्चामा रह्यो । पाकिस्तानमा इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले लामो समयदेखि त्यहाँ रहेको जहानियाँ सत्तालाई बिदा गरेको छ । तर पाकिस्तानी शासक वर्गले नयाँ घोडाको रुपमा खानलाई अघि ल्याएका हुन् ।
नेपालमा सङ्क्रमणकालीन अवस्थालाई बिदा गर्दै नयाँ संविधानअनुसार चुनाव भयो । तर ‘कम्युनिष्ट’ को खोलमा नेकपा नामको पुँजीवादी सरकारले यहाँ शासन चलाइरहेको छ । सरकारको क्रियाकलापले त्यसप्रतिको जनविश्वास क्रमशः क्षीण बन्दै गइरहेको छ ।
ल्याटिन अमेरिकी देश ब्राजिलमा बोल्सोनारो नेतृत्वको नयाँ सरकारले आजदेखि काम थाल्दैछ । तर फासीवादी चरित्रको बोल्सोनारो सरकारले आगामी वर्ष ब्राजिली जनताको जीवन चुनौतीपूर्ण हुने पक्का छ । समाजवादी देश क्युवामा आजदेखि नयाँ संविधान लागू हुँदैछ । समयसापेक्ष नयाँ संविधानमा आर्थिक रुपमा उदार बन्दोबस्तले क्युवाली जनतामा उत्साह र आशा सञ्चार गरेको छ ।
चीनले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ कार्यक्रमले सन् २०१८ मा अझ व्यापकता पायो । एसिया र अफ्रिकामा मात्र होइन, युरोप र ल्याटिन अमेरिकी देशबीच यो कार्यक्रम लोकप्रियता हासिल ग¥यो । सन् २०१८ कै अन्त्यतिर चीनले सुधार र खुलापन नीति अङ्गीकार गरेको चालीस वर्षगाँठ मनायो ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले आफ्नो विधानमा महासचिव तथा राष्ट्रपति सी चिनफिङको विचारधारालाई नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादका लागि सि चिनफिङ विचारधाराको रुपमा संस्थागत ग¥यो । यसले चीनको राजनीतिक नेतृत्वमा बलियो एकता प्रतिबिम्बित गरेको छ ।
यसबीच विश्वले नेल्सन मण्डेला र कोफी अन्नानजस्ता विश्व नेताहरूबाट बिदा ग¥यो । रुसमा भएको विश्वकप फूटबल प्रतियोगिता २०१८ मा फ्रान्सले हासिल गरेको सफलता पनि विशेष रह्यो ।
Leave a Reply