हैजा फैलिएको बेला गुणस्तरहीन खाद्यान्नले झन् स्वास्थ्यमा असर पर्ने
- भाद्र २३, २०८३
हिना सुवाल
भक्तपुर, २४ फागुन । सिन्धुपलाञ्चोक घर भएकी ४४ वर्षीय सीता नेपालको पुस महिनातिर स्तनमा सानो गिर्खा आयो । केही समयपछि गिर्खा चिलाउन र दुख्न थाल्यो । अधिकांश महिलाहरुजस्तै आफ्नो समस्या भन्न उनलाई पनि लाज लाग्यो । लजाउने स्वभावका कारण उनले कसैलाई आफ्नो दुःख नभनी आफूभित्र राखी राखिन् । पछि त्यो गिर्खा झन्–झन् ठूला हुँदै गए ।
नेपालमा सीता मात्र नभई धेरैजसो महिलाहरु आफ्नो समस्या लुकाउने गर्छन् । यसले गर्दा महिलाहरु अनेकन रोग र समस्याका शिकार बन्ने गरेका छन् । तर सीताले भने धेरै दुख्न थालेपछि साथीसँगी बीच आफ्नो पीडा पोखिन् । साथीहरुले भने उनको पीडा सुनेपछि, क्यान्सर हुन सक्ने बताए र तुरुन्त अस्पतालमा जचाउनको लागि अस्पताल जान सुझाव दिए । खतरा हुने डरबाट उनले आफ्नो श्रीमानलाई आफ्नो समस्या केही नलुकाई भनिन् । सीताकी श्रीमानले “चाँडै जानुपर्छ है” भनी माघको २१ गते वीर अस्पतालमा जचाउन लगे । तर अस्पतालमा जाँच्न बसेका थिए–एकजना पुरुष डाक्टर ।
‘स्तनमा गिर्खा जस्तो आएपछि साथीहरुसँग छलफल गर्दा क्यान्सर हुन सक्ने बताए । पछि मलाई एकदमै डर लाग्यो । श्रीमान पनि जान्ने–बुझ्ने र सहयोगी भएकोले उहाँले मलाई जाँच गराउन अस्पताल लग्नुभयो । जाँच गरेपछि क्यान्सर रोग लगेपछि अपरेसन गरें । मैले भक्तपुर क्यान्सर अस्पतालमा राम्रो उपचार हुन्छ भनेर रेडियोबाट नै सुनेकी थिए’, विमलाले बताइन् ।
“पहिले त देखाउनसमेत लाज लाग्यो तर महिला नर्ससँगै भएकोले जचाउन आँट आयो”, उनले सुनाइन् ।
डाक्टरले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए । ‘केही दिनमा डा. कुमार श्रेष्ठले मेरो अपरेसन गरे’, सीताले भनिन् । ६ दिन पछि नै रिपोर्ट आयो । त्यसो खासै समस्या नभएको बताउँदै त्यहाँबाट फागुन ११ गते डिस्चार्ज भइन् ।
‘म र मेरो श्रीमान सिन्धुपलाञ्चोकस्थित घर फर्कियौं । सबैले मेरो स्वास्थ्यबारे सोधपुछ गरे । श्रीमान पनि रु.७० हजारको उपचार खर्च खेर नगएकोमा खुसी भए । एक–दुई दिन त दुख्न कम भयो । पछि फेरि च्वास–च्वास घोच्न थाल्यो । यसपटक भने मैले आफ्नो श्रीमानलाई भन्न अप्ठ्यारो मानिनँ । २८ वर्षको मेरो छोरोलाई पनि एकदमै चिन्ता थियो, मेरो । अब के गर्ने होला भन्ने विषयमा मात्र कुरा हुन्थ्यौं । त्यसै विषयमा कुरा गदै गर्दा रेडियोमा भक्तपुर क्यान्सर अस्पतालमा स्तनसम्बधि जाँच हुने थाहा पाएँ । थाहा पाउने बितिकै आमाछोरा भक्तपुर लाग्यौं । त्यहाँ जाँच्दा त थाहा लाग्यो–मलाई स्तन क्यान्सर भएको रहेछ, त्यो पनि तेस्रो चरणसम्म पुगेको’, सीताले सुनाइन् । ‘तर डाक्टरले भने उपचार गर्दा स्तन फाल्न नपर्ने बताए । अहिले पनि मेरो उपचार भइरहेको छ ।’

भक्तपुर क्यान्सर अस्पताल
Leave a Reply