भर्खरै :

सहकारी संस्थाको स्थापना गरिब किसानकोे हितमा

काठमाडाँै, २८ पुस । “सहकारी संस्था गरिब काम गरी खाने किसानको हितमा स्थापना भएको संस्था हो । गरिब जनताको जनजीविका उठाउन सहकारीको पनि हात रहेको हुन्छ”,  ।
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित बलम्बु च्याउ सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारणसभा तथा संस्थाको नवनिर्मित भवनको उद्घाटन मन्तव्यमा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो – सहकारी किसानको हक हितको निम्ति सुरु भएको हो । बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता र फ्रान्सेली क्रान्तिपछि ती देशहरूमा सन् १९२१ सम्ममा आपसी सहयोगमा दलहरूको बन्दोबस्त गरियो । आपसी सहयोगले मात्र बन्दोबस्त गर्न नसकेपछि सन् १९५३ मा प्रारम्भिक सहकारी संस्था बन्दोबस्त गरियो । प्रारम्भिक सहकारी संस्थाले २, ४ वर्ष चलाइसकेपछि अझ राम्रो गर्न अगाडि बढिसकेको सहकारीले १९५६ मा नयाँ बन्दोबस्त गरियो । त्यो अर्ध समाजवादी ढङ्गको थियो । अर्धसमाजवादी ढङ्गको सहकारीमा काम गर्नेले ज्याला पनि पाउने र आप्mनो खेतीपातीमा उत्पादन पनि वृद्धि हुने बन्दोबस्त गरियो । अझ सहकारी र समाजवादी सिद्धान्त र मान्यताको बन्दोबस्त गर्न १९५६ देखि ५८ सम्ममा कम्युनको बन्दोबस्त गरियो । त्यसबेला आ–आप्mनो देशमा आप्mनै परिस्थितिअनुसार अगाडि बढ्यो ।
उहाँले किसानहरूको सङ्ख्या घट्दै जाने र खेतीपाती पनि विस्तारै घट्दै जाने भएकोले अब
किसानहरूको सेवाको निम्ति सहकारी संस्थाको नाममा शिशुशाला र बालउद्यान खोलेर किसानका छारोछोरीलाई हेरचाह गर्ने र आमाहरूलाई स्मरण शक्ति विकास गर्ने काम गर्नुपर्दछ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले सहकारीले पर्यटन क्षेत्रमा पनि लगानी गरी रेष्टुराँ खोली सफा र सस्तो खानेकुरा र सहकारी पसल खोलेर रोजगारी दिनसक्ने सल्लाह दिंदै किसानका छोराछोरीहरूको सेवा गर्न र रोजगारीको बन्दोबस्तको लागि प्राविधिक सीपमूलक तालिम दिनुपर्ने बताउनुभयो ।
उहाँले आर्थिक प्रगतिमात्र होइन सांस्कृतिक स्तरलाई पनि उठाउन सहकारी सेवामुखी हुनुपर्ने बताउनुभयो । सामन्ती शोषणबाट मुक्ति दिन र ऋण सजिलै लिन सहकारीको बन्दोबस्त भएको हो भन्दै त्यतिबेलाका सामन्तीले धेरै व्याज लिएर जनतालाई दुःख दिने गरेको थियो, अहिले सहकारीले सस्तोमा ऋण दिने भएकोले देशको परिस्थितिअनुसार सहकारी अगाडि बढेको छ उहाँले भन्नुभयो ।
नेमकिपाका प्रदेश नं.३ का सांसद सृजना सैंजूले सहकारी आर्थिक कारोबारसँगै श्रम र उत्पादनसँग जोडेको हुनुपर्ने बताउनुभयो ।
उहाँले यदि यो सरकार कम्युनिष्ट हो भने कम्युनिष्ट सिद्धान्तअनुसार शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, उत्पादनका मुख्य – मुख्य साधनहरू राष्ट्रियकरण गरिनुपर्ने, ज्येष्ठ नागरिकको आदर निकेतनको बन्दोबस्त हुनुपर्ने बताउनुभयो ।
“हामीले संसद्मा देश र जनताको हितमा धेरै आवाज उठाइरहेका छौँ तर शासक दलहरू चुप छन् । नारा समृद्धिको गर्ने काम सामन्तीकै पाराले देश कसरी अगाडि बढ्ला ?” उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनले अध्यक्षको प्रतिवेदन, सचिव अमरदीप महर्जनले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्ध श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुजीन्द्र महर्जनले लेखासमितिको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा महिला उपसमितिका हीरादेवी महर्जनले स्वागत र अन्य सहकारी संस्थाहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *