भर्खरै :

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भक्तपुर नगरपालिका

काठमाडौँ, ११ माघ । सङ्घीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा काठमाडौं उपत्यकाका भक्तपुर नगरपालिका, ललितपुर र काठमाडौँ महानगरपालिकाको हालसम्म भएका विकास निर्माण, नगर व्यवस्थापनलगायतका कार्यहरू, घोषणापत्रमा व्यक्त गरेका प्रतिबद्धताहरू, कार्यसम्पादन हुन नसक्नुका कारणहरू, कार्य सम्पादनको क्रममा देखिएका समस्या र भावी योजनाहरूको विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले स्थानीय तहको निर्वाचनपश्चात् हालसम्म सम्पदा पुनःनिर्माण ६८ वटा, सडक स्तरोन्नतिका योजना १५ वटा, सडक ढुङ्गा र इँटा छपाइ योजना २७ वटा, खानेपानीको लागि डिप बोरिङ्ग र आवश्यक व्यवस्थासम्बन्धी योजना ७ वटा, सार्वजनिक जग्गा संरक्षण १ वटा, भवन निर्माण योजना १६ वटा र भक्तपुुर अस्पताल निर्माण कार्य प्रारम्भ भएको जानकारी दिनुभयो ।
उहाँले नगरको व्यवस्थापनको लागि ऐन, नियम, कार्यविधि र निर्देशिका तयार पारी राजपत्रमार्पmत सार्वजनिक गर्दै आएको, नियमित पाक्षिक सरसफाइ भइरहेको, नगरवासीहरूको दक्षता वृद्धिको लागि सीपमूलक तालिम सञ्चालन भइरहेको, उपभोक्ता हक–हितको लागि नियमित बजार अनुगमन भइरहेको, स्थानीय पाठ्यक्रम तयार गरी नगरका विद्यालयहरूमा लागू गरेको, जनस्वास्थ्य सञ्चालन गरी नगरवासीहरूलाई स्वास्थ्य सुविधा प्रदान गरिरहेको, जनज्योति पुस्तकालयमार्पmत अध्ययनको व्यवस्था मिलाएको, नियमित ‘भक्तपुर’ मासिक र ‘ख्वप पौ’ पाक्षिक पत्रिका प्रकाशन, वेबसाइट, अनलाइन पत्रिका, फेसबुक पेज, मोबाइल एप, एफ.एम. कार्यक्रम, अडियो नोटिस, वेब एस.एम.एस. सञ्चालन गरी नगरपालिकाका गतिविधिहरू पारदर्शीढङ्गले सार्वजनिक गर्दै आएको समितिलाई जानकारी गराउनुभयो ।
उहाँले स्थानीय चुनावको बेला विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने, अस्पताल सञ्चालन गर्ने, स्थानीय घरेलु र सानो उद्योगलाई प्रवद्र्धन गर्न हस्तकला ग्रामको व्यवस्थापन गर्ने, सांस्कृतिक नगर घोषणा गराउन पहल गर्ने, भूकम्पपश्चात्को पुनः निर्माण सम्पन्न गर्ने, कृषि बजार र बधशालाको व्यवस्था गर्ने, आदर निकेतन व्यवस्था गर्नेलगायतका प्रतिबद्धता चुनाव घोषणापत्रमार्पmत व्यक्त गरेको स्मरण गर्दै कार्य सम्पादनको लागि पर्याप्त बजेट नहुनु, सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुनु र संविधानको अनुसूची ९ बमोजिमका अधिकारहरू बाँडफाँड नहुनुलगायतका समस्याहरू रहेको जानकारी गराउनुभयो ।
उहाँले सम्पदा संरक्षणको लागि आवश्यक विभिन्न साइजका काठ सहज उपलब्ध नहुनु, दक्ष जनशक्तिको अभाव, सरकारी नम्र्स र बजारभाउमा भिन्नता हुनेजस्ता विभिन्न समस्याहरू कार्यसम्पादनको दौरानमा देखिएको जानकारी गराउनुभयो ।
उहाँले घोषणापत्रलाई पूर्ण कार्यान्वयन गर्न भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने, पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने, ज्ञान विज्ञानको केन्द्र बनाउने, सफाइको नमुना सहर बनाउने, पारदर्शी र आर्थिक अनुशासित सहर बनाउने, ख्वप विश्वविद्यालय स्थापना गर्ने र ख्वप अस्पताल सञ्चालन गर्ने भावी योजनाहरू रहेको जानकारी गराउनुभयो ।
उहाँले सांसदहरू खेमराज नेपाली, कोमल ओली, रमेशप्रसाद यादव र खिमलाल भट्टराईलगायतले राख्नुभएको जिज्ञासालाई स्पष्ट पार्दै लगानी बोर्ड ऐन खारेज गर्नुपर्ने, पुरातत्व विभागले गर्ने पुनर्निर्माणको कार्य अनुगमन र नियमन गर्नुपर्ने, निर्माण सामग्री परीक्षणको व्यवस्था मिलाउनुपर्ने, स्थानीय तहको स्वायत्ततामाथि प्रदेश र सङ्घबाट हस्तक्षेप गर्न नहुने, सार्वजनिक खरिद ऐन व्यवहारिक हुनुपर्ने धारणा राख्नुभयो । छलफल कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि आ–आप्mना नगरपालिकासम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *