भर्खरै :

आत्मरक्षासम्बन्धी तालिम सुरू

भक्तपुर । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले शुक्रबार भनपा वडा नं. ७ द्वारा आयोजित आत्मसुरक्षा तालिमको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयोे । उहाँले समाज झन्झन् जटिल तथा आपराधिक बन्दै गएको सन्दर्भमा छोरीचेलीहरू असुरक्षित हुने सम्भावना भएकोले हरेक छात्राहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिनु सान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमबमोजिम विभिन्न सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले आत्मरक्षासम्बन्धी तालिम प्रत्येक वडामा सञ्चालन हुँदै जाने बताउनुभयो । नेमकिपा ७ गोल्मढी एकाइका अध्यक्ष बलराम गोसाईले नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनताका जनतासमक्ष दिएको घोषणापत्रबमोजिम भक्तपुर नगरपालिकाले कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
वाइजल्याण्ड सेकेण्डरी स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबञ्जारले अवाञ्छित घटनाहरू हुनुअगावै विद्यालयका छात्राहरूलाई आत्मरक्षाको तालिम सञ्चालन गरेकोमा वडा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
वडा नं. ७ का वडा सदस्य हरिरत्न गोर्खालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य रञ्जना त्वाती, वडा सचिव विजय लोहला, आत्मरक्षा तालिमका प्रशिक्षक पद्मा खयरगोलीले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपछि विभिन्न विद्यालयका छात्राहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको थियो । तालिम नियमित रुपमा पाँच दिनसम्म सञ्चालन हुने सम्बन्धित सूत्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *