सर्वोच्चमा चोलेन्द्रपछि विवादित बन्दै प्रधानन्यायाधीश मनोज संवैधानिक इजलास विवादको क्रम, मर्म र बहिष्कारको प्रश्न
- आश्विन २६, २०८३
काठमाडौँ, ११ माघ । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ श्ययाको अस्पताल स्थापना गरी सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि हाल पालिकामा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अगाडि बढाएको छ । ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले बताउनुभयो ।
मन्त्रालयका अनुसार अझै पनि पालिकाअन्तर्गतका एक हजार २०० वडामा कुनै स्वास्थ्य सेवा गर्ने संस्था रहेका छैनन् । स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल सुरू गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा सुरू गर्ने जनाएको छ ।
हाल कति पालिकामा १५ श्ययाको अस्पताल सञ्चालन छन् ? यसको विवरण मन्त्रालयले सङ्कलन गरिरहेको छ । राज्यमन्त्री डा. यादवले भन्नुभयो, “पालिकाबाट आएका विवरणका आधारमा कति स्वास्थ्य संस्थालाई स्तरोन्नति आवश्यक हुन्छ जानकारी पाइन्छ ।”
पालिका तहमा अस्पताल सञ्चालन गर्न आर्थिक अभाव रहेको र आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरिएको उहाँले जानकारी दिनुभयो । साथै चिकित्सा उपकरण तथा औषधि खरीद प्रक्रियालाई सरल बनाउन सार्वजनिक खरीद ऐन तत्काल संशोधनको आवश्यकता रहेको राज्यमन्त्री डा. यादवले बताउनुभयो ।
Leave a Reply