भर्खरै :

विद्यालयस्तरीय दौड प्रतियोगिता सम्पन्न

भक्तपुर, ११ माघ । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार शारदा माध्यमिक विद्यालयको आयोजनामा विद्यालयस्तरीय दौड प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
दौड प्रतियोगितापश्चात् सुरू भएको पुरस्कार वितरण कार्यक्रममा समितिका अध्यक्ष अम्बिका न्याइच्याईले विद्यार्थीहरू शारीरिक र मानसिक रूपमा सवल हुनुपर्ने बताउँदै आगामी शैक्षिक कार्यक्रमहरूमा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अनुशासित र मेहनती विद्याथीहरूमात्र सफल हुने धारणा व्यक्त गर्नुुभयो ।
कार्यक्रम शारदा माविका प्रअ. रोसनराज तुइतुइँको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा गणेश मावि, भार्वाचोका निमित्त प्रधानाध्यापक गणेशराम थुसा, आयोजक विद्यालयका शिक्षकहरू सुन्दर राजचल र चनादेवी श्रेष्ठले पनि बोल्नुभएको थियो ।
छात्रा १५०० मिटर र छात्र ३००० मिटरको उक्त दौड प्रतियोगितामा छात्रातर्फ गणेश मा.वि. भार्वाचो, गणेश मावि, सिपाडोल, चाँगुनारायण मावि र देवी माविका छात्राहरू निशा भुलन, अञ्जली मचामसी, अस्मिता राई र सुजिता श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए भने छात्रतर्फ बासु मावि, पञ्चकन्या मावि, शारदा मावि र गणेश माविका विद्यार्थीहरू उज्ज्वल गोजा, राजकुमार गिरी, युवराज खत्री र विश्वराम कुँवर क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *