भर्खरै :

भनपाद्वारा बजार अनुगमन

भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचामा एकतीस वटा पसल अनुगमन गरिएकोमा चौध वटा पसल दर्ता भएको र सत्र वटा पसल दर्ता नभएको पाइयो ।
राम गोपाल स्टोल साइन बोर्ड राखी महालक्ष्मी स्टोर एण्ड सप्लार्यस दर्ता गरी सञ्चालन गरी नगरपालिकामा सामान्य किराना पसलमा दर्ता गरिराखेकोले मिनिमार्टमा दर्ता गर्न र म्याद नाघेका सामानहरू ठूलो फान्टा–१ वटा, मध्यम फान्टा–२ वटा र फुच्चे फान्टा–४ वटा, कोपिको क्यापिसिना चकलेट–१ पकेट, लभ्ली जिरा सानो–१० पाकेट, पतञ्जली रेथा हेयर क्लिनर–६ वटा, गुड डे बिस्कुट–२ पाकेट, ओटमिल–१ पाकेट, दन्त कान्ति–१२ वटा, पैरत कसुरी मेथी–२ नष्ट गर्न जफत गरियो भने पसलमा सरसफाइ र सामानहरू व्यवस्थित गरी राख्न निर्देशन दियो ।
त्यस्तै सरोज गौतमको दुनट उद्योगमा बासी दुनट – ८ पाकेट र दुषित अखाद्य तेल १० लिटर जफत गरी नष्ट गरियो भने उद्योग तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइयो ।
त्यस्तै महालक्ष्मी तरकारी पसलमा प्रमाण पत्र पसलमा राख्न, बाटो र पेटीमा पसलको सामान नराख्न, पसलमा सरसफाई र सामान व्यवस्थित राख्न निर्देशन दियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेसका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक शिवशरण लुबन्जार, जिल्ला प्रशासन कार्यालय भक्तपुरका कर्णाखर आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *