भर्खरै :

आँखाको समस्याबाट बच्न माछा सेवन गर्नु उचित

उमेर ढल्कदै गएपछि शरीरका अङ्गहरू पनि शिथिल हुँदै जान्छ । कतिपय अङ्गले राम्ररी कार्यसञ्चालन गर्न सक्दैन । छाला चाउरिन्छ । कपाल फुल्छ । ढाड कुप्रिन्छ । दाँत झर्न थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ ।
आँखाको दृष्टि धुमिल हुँदै गएपछि आप्mनो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि बुढ्यौलीमा हुने असहज समस्या हो यो । तर, चिन्ता गर्नुपर्ने केही छैन । बुढ्यौलीमा आँखाको ज्योति कमजोर हुनबाट बचाउन केही यस्ता खाद्यपदार्थ छन्, जो निकै उपयोगी हुन्छ । जस्तो कि, माछाको तेल सेवन ।
आर्काइब अप अप्थेल्मोलोजीमा प्रकाशित एक नयाँ अध्ययनले जनाएअनुसार सप्ताहमा कम्तीमा पनि एकपटक माछाको तेलको सेवन गर्नु आँखाको लागि निकै फाइदाजनक छ । यसको सेवनले बुढ्यौलीमा पनि आँखासम्बन्धी कुनै समस्या हुँदैन । झण्डै आठ वर्ष लगाएर करिब ६० देखि ८० वर्ष उमेर समूहका झण्डै ४५ सय जनसङ्ख्याबीच गरिएको अध्ययनबाट यो नतिजा आएको हो ।
सामान्यतया, मानिसको उमेर बढेसँगै आँखाको तेज कम हुँदै जान्छ । त्यसैले, यो समस्याबाट बच्न पनि अहिलेदेखि नै माछाको सेवन गर्नु उचित हुन्छ ।
किनकि माछामा ओमेगा–३ प्mयाटी एसिड, भिटामिन बी १२ लगायतका यस्ता पौष्टिक तत्व हुन्छ, जुन अन्य आहारबाट प्राप्त गर्न सकिंदैन ।
युरोपेली शोधकर्ताहरूले जनाए अनुसार उमेर बढेमा एज रिलेटेड मस्कुलर डिजेनेरेशन (एमडी) अर्थात उमेरका कारण मांसपेशी कमजोर हुने रोग लाग्नु सामान्य हो । सातामा कम्तीमा एक पटक वोसोयुक्त माछाको सेवन गनार्ल माछामा रहेको ओमेगा–३ का कारण एएमडीको समस्यालाई निकै हदसम्म कम गर्न सकिन्छ ।
आँखासम्बन्धि विभिन्न रोगमध्य मांसपेशी कमजोर हुने समस्या अन्धोपना तथा दृष्टिदोषको एक प्रमुख कारण मान्न्छि ।
एएमडी दुई प्रकारको हुन्छ, ड्राई (सुख्खा) र वेट (गिलो) । गिलो एएमडी अन्धोपनाको प्रमुख कारण हो । यो नै सम्भवत अहिलेसम्मको पहिलो शोध हो, जसलाई तेलयुक्त माछाको सेवनलाई एएमडीको रोकथाममा प्रभावकारी भनिएको छ ।
यस शोधका प्रमुख शोधकर्ता एस्ट्िररड प्mलेचरका अनुसार सातामा कम्तीमा एक पटक साल्मोन, टूनाको सेवन गर्नाले प्रतिदिन पाँच सय मिलिग्राम डीएचए (ओमेगा ३ फैटी एसिडको एक प्रकार) र इपिए (ईको सापेंटाइनोइक एसिड) को निर्माण हुन्छ ।
शोधकर्ताहरूले आाप्mनो अध्ययनका व्रmममा माछाको सेवन तथा ओमेगा–३ प्mयाटी एसिडको वेट एएमडीसितको सम्बन्धबारे जाँच गरेको थियो । शोधका अनुसार सातामा एक पटक तेलीय माछाको सेवन गर्नेहरूमा माछा सेवन नगर्नेको तुलनामा एमएमडीको स्तर ५० प्रतिशतसम्म कम भएको पाइएको थियो । यसबाट पनि के थाहा हुन्छ भने माछाको सेवन गर्नेहरूलाई बुढेसकालमा आँखा कमजोर हुने समस्या हुँदैन ।
त्यस्तै, डिएचए र ईपिएको एमएमडीसित पनि पर्याप्त सम्बन्ध रहेको पाइएको थियो । डीएचए र ईपिएको २५ प्रतिशत (प्रतिदिन तीनसय मिलीग्राम वा सोभन्दा बढी) उपस्थितिमा गिलो एएमडीको स्तर ७० प्रतिशतसम्म कम भएको पाइएको थियो । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने डिएचए माछा वा समुद्री भोजनमै मात्र पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *