नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १४ फागुन । शैक्षिक नतिजामा भक्तपुरले प्राप्त गरेको उत्कृष्ट नतिजालाई निरन्तरता दिन तथा इसान आबद्ध विद्यालयका विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउन राष्ट्रको जिम्मेवार नागरिकको रुपमा समर्पित गराउन र पढाइको स्तर बढाउन इसानले उत्प्रेरणा कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा ग्रेड वृद्धि गर्न सहयोग पुग्ने र अनुशासित विद्यार्थी सफल हुने बताउनुभयो ।
स्रोतव्यक्ति चिन्तामणी पन्थीले विज्ञान विषय पढ्ने सजिलो तरिका तथा ग्रेड वृद्धि गर्न उत्तरपुस्तिका व्यवस्थापन एवम् लेख्ने तरिकाबारे प्रशिक्षण गर्नुभएको थियो ।
अर्का स्रोतव्यक्ति श्यामदत्त अधिकारीले गणित विषय जटिल नभई सरल विषय भएको र यसभित्रका नियमहरू पालना गरेमा सजिलो हुने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा विद्या आर्जनबाट सहभागी विद्यार्थी वर्षा थापाले अबको पढाइमा थप टेवा पुग्ने बताउनुभयो भने प्राइम एकेडेमीका सुदिशा वाडेले अबको आधारभूत तह परीक्षामा ग्रेड वृद्धि तथा पढाइमा रुचि बढाउन सहयोग पुग्ने अनुभव बताउनुभयो । कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने ३५८ जना विद्यार्थीहरू सहभागी भएको तालिम संयोजक कर्णबहादुर प्रजापतिले बताउनुभयो ।
चैत १० गतेदेखि सुरु हुने माध्यमिक परीक्षामा जीपीए बढाउन कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूको लागि पनि हालै स्रोतव्यक्ति तुल्सीहरि प्रजापतिले प्रशिक्षण गर्नुभएको इसानका महासचिव पुरुषोत्तम ग्वाछाले बताउनुभयो ।
Leave a Reply