भर्खरै :

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिर नजिक रहेको माथिल्लो फेदी भन्ने स्थानको दारेडाँडाको भीरमा ठोक्किएर हेलिकप्टर दिउँसो १ः३० बजे दुर्घटना भएको ईमेजकर्मी सन्तोष पुर्कुटीलाई प्रत्यक्षदर्शीले टेलिफोनमार्फत जानकारी गराएका छन् ।
यता गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा हेलिकोप्टर दुर्घटना भएको जानकारी पनि गराएका छन् ।
पाथीभराको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दारेडाँडा भीरमा  ठोक्किएको खबर प्राप्त भएको छ । हेलिकप्टरमा ६ जना सवार थिए । घटनाको थप विवरण आउन बाँकी छ ।
हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारी, पाइलट प्रभाकर केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा र अर्जुनकुमार घिमिरे सवार थिए ।
एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *