भर्खरै :

गणेश मावि छालिङको ३८ औं अभिभावक दिवस

भक्तपुर १८, फागुन । गणेश माध्यमिक विद्यालय छालिङको ३८ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम अभिभावकबीच सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले विद्यालयको इतिहास र तत्कालीन चुनौतीहरूका बारेमा स्पष्ट पार्दै विद्यालयलाई सामाजिकीकरण गर्नु कम चुनौतीपूर्ण नभएको बताउनुभयो ।
स्थानीय व्यक्तिको घरबाट सुरु भएको विद्यालयले हाल चारवटा पक्की सुविधा सम्पन्न भवन निर्माण गर्नसक्नुमा स्थानीय समाज र बुद्धिजीवीहरूको ठूलो भूमिका रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एउटा विद्यालय राम्रो हुनको लागि शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनमात्र भएर पुग्दैन । त्यसको लागि अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ ।
नेपालको संविधानको शिक्षासम्बन्धी हकमा मावि तहसम्म स्थानीय निकायले हेर्ने अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले पर्याप्त बजेटको बन्दोबस्त गरी विद्यालयलाई भौतिकरूपमा सम्पन्न, विषयगत शिक्षकको व्यवस्था, कर्मचारीको बन्दोबस्तमा अगाडि बढ्नु आवश्यक छ भन्नुभयो ।
उहाँले देशको लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्न शिक्षालाई उत्पादन श्रमसँग जोड्नको लागि प्रविधि शिक्षातर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बाटा, शिक्षक अभिभावक सङ्घका संयोजक जीवन नेपाली, अभिभावक रामप्रसाद हाकुजू, विद्यार्थी स्वरुपा पोखरेल, विद्यार्थी हित समिति सदस्य रितिमा राउटले पनि आ–आफ्नो विचार राख्नुभयो । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *