यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २० फागुन । काठमाडौँको रानीपोखरी पुनःनिर्माणको कार्य सुरु हुने भएको छ । भक्तपुर नपा वडा नं. १ को आयोजनामा सम्पन्न उपभोक्ता समितिहरूबीच छलफल कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौंको रानीपोखरी पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले प्राविधिक जनशक्ति सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिलचन्द्र ज्ञवालीले रानीपोखरी पुनःनिर्माणमा प्राविधिक जनशक्ति सहयोगको लागि भक्तपुर नगरपालिकाबाट सहयोगको लागि आग्रहगरेअनुरुप भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा सबैका साझा सम्पदा भएको र यसको संरक्षण र सम्बद्र्धन गर्नु साझा कर्तव्य भएकोले सहयोगको लागि सकारात्मक भएको बताउनुभयो ।
उहाँ(ले उपभोक्ता समितिबाट बनेका विकास निर्माणका कार्यहरू गुणस्तरीय र कम लागतमा सम्पन्न हुने बताउनुभयो ।
भक्तपुरको आर्थिक विकासमा पर्यटनले ठूलो योगदान गरिरहेको छ । उहाँले भन्नुभयो – “भक्तपुर नगरपालिकालाई सफा, स्वच्छ, सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने लक्ष्य बोकेको छ ।”
भक्तपुरको कला र संस्कृतिलाई व्यवसायीकरण गरी जनता केन्द्रित काममा भक्तपुर नपाले जोड दिएको बताउँदै विकास निर्माणका कामहरू गुणस्तरीय र जनताको सहभागिता निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले भक्तपुरको चौतर्फी विकास र नगरपालिकाको बजेट नगर र नगरवासीमै खर्च हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सांस्कृतिक सम्पदाहरूले भक्तपुरको सौन्दर्यलाई बढाएको चर्चा गर्दै पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारको काम भइरहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटले उपभोक्ता समितिमा बसेर काम गर्नुको महत्र्व र फाइदाबारे बताउँदै निःस्वार्थ रुपले काम गर्दा थोरै समयमा धेरै काम सम्पन्न हुने बताउनुभयो ।
बासु उमाविका प्राचार्य अम्बिका न्याइच्याइले देशको राजनीतिक परिस्थितिबारे महिलाहरू सचेत र सङ्गठित हुनुपर्ने र भक्तपुर नगरलाई सफा बनाउन नगरपालिका र नगरवासीहरूको ठूलो भूमिका भएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गंगालक्ष्मी बमनू, श्यामकृष्ण बाटी, कृष्णप्रसाद दुमरुलगायलते पनि बोल्नुभएको थियो ।
रानीपोखरी पुनःनिर्माण सुरु
काठमाडौँ, २० फागुन । ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण सुरु गरिएको जानकारी दिनुभयो ।
परम्परागत शैली र प्रविधिमै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण सुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने विश्वास लिएको छु ।”
पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेकै मापदण्डअनुसार पुनःनिर्माण सुरु गरिएको बताउनुभयो ।
उहाँले पुनःनिर्माणमा अहिले ४० कालिगढ खटिएका र आवश्यकता अनुसार तिनको सङ्ख्या बढाइने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले उक्त पोखरी पुनःनिर्माणका लागि यस वडाले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुनःनिर्माण प्राधिकरणले रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना व्यवस्थित तथा समन्वयात्मक ढङ्गले गर्न प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचना पुनःनिर्माण गर्न उक्त प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
Leave a Reply