यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २२ फागुन । भक्तपुर नगरपालिका वडा नं ७ चोर्चादेखि गोल्मढी क्षेत्रको धारामा ढल मिसिएको फोहोर पानी आउँदा स्थानीय जनता समस्यामा परेका छन् । विगत एक सातादेखि सो क्षेत्रमा धमिलो – पहेँलो रङ्गको पानी आइरहेको छ ।
धारामा पिउन अयोग्य पानी आएपछि स्थानीय जनताले काठमाडाँै उपत्यका खानेपानी लिमिटेड (काउखालि) भक्तपुर शाखा कार्यालयमा गुनासो गरिसकेका छन् ।
सो सम्बन्धमा बुझ्न काउखालि भक्तपुरका प्रमुख सुरेन्द्र हिमालयसमेतले सो क्षेत्रको स्थलगत अवलोकन गरिसकेका छन् । तर, धमिलो – पहेँलो मिसिएको पानी आउने क्रम जारी छ ।
पटक–पटक गुनासो गर्दा पनि जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने या पिउन अयोग्य पानी आउँदा पनि सम्बन्धित निकायले जनताको जीवन र स्वास्थ्यप्रति लापरबाही गरेको जनगुनासो छ ।
Leave a Reply