नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संयुक्त राष्ट्र सङ्घ, ९ मार्च । संसारका सरकार प्रमुखहरूमध्ये पाँच प्रतिशत महिला छन् । राष्ट्रप्रमुखहरूमध्ये पाँच प्रतिशत पनि महिला छैनन् । संयुक्त राष्ट्र सङ्घको महासभाका सभापति मारिया फर्नान्डा इस्पिनोसाले संसारमा अझै पनि नेतृत्वदायी पदमा महिलाको उपस्थित निकै कम भएको र यो अवस्थामा सुधार ल्याउने उचित समय आएको बताएकी छिन् ।
“पाँच प्रतिशत भनेको पुग्दो होइन । शक्तिशाली पदमा थप महिलालाई पु¥याउने अहिले उचित समय हो ।”, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै इस्पिनोसाले भनिन्, “हामी सबैलाई थाहा छ, जब महिला नेतृत्वमा पुग्छन्, तब सबैको जीत हुन्छ ।”
उनले राष्ट्र सङ्घको महासभामा आगामी मङ्गलबार ‘शक्तिमा महिला’ विषयमा छलफलको कार्यक्रम राखिएको जानकारी दिंदै भनिन्, “त्यहाँ हामीले सरकार प्रमुख र राष्ट्रप्रमुखहरूसँग प्रत्यक्ष विभिन्न प्रश्न गर्नेछौँ ।”
महासभाको छलफलमा ६ देशका सरकार प्रमुख र राष्ट्रप्रमुखसँगै अन्य नेता, नागरिक प्रतिनिधि र अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
छलफलमा महिला राष्ट्रप्रमुख रहेका देशहरू क्रोएसिया, इस्टोनिया, लिथुआनिया, नेपाल र त्रिनिदाद र टोबागोका राष्ट्रपतिहरूले भाग लिनेछन् ।
सभापति इस्पिनोसाले भनिन्,“सङ्ख्या प्रमुख होइन । तर, सङ्ख्या बढेसँगै हामीले गुणलाई पनि ध्यान दिनपर्ने हुन्छ ।”
कवयित्रीको रुपमा आफ्नो परिचय बनाएकी इस्पिनोसाले भनिन्, “हामीले राजनीतिको विषयमा अझ धेरै कविता लेख्न जरुरी छ । म शब्दमाथि बलियो विश्वास गर्ने मान्छे हुँ ।”
पुरुषलाई भन्दा महिलाको ज्याला कम
रिओ डी जेनेरिओ, ९ मार्च । ब्राजिलमा पुरुषको तुलनामा महिलाले झण्डै तीस प्रतिशतले कम ज्याला रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका महिलाले पुरुषले गर्ने कमाईभन्दा ७९.५ प्रतिशतमात्र कमाउने देखाएको छ ।
विज्ञान र प्राज्ञिक क्षेत्रमा काम गरिरहेका महिलाले त आफ्ना पुरुष सहकर्मीको तुलनामा ६४.८ प्रतिशतमात्र कमाइ गरिरहेको तथ्याङ्कले देखाएको छ ।
Leave a Reply