तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, २५ फागुन । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले पुँजीवादी दलका महिला सङ्गठनहरूले भड्किलो कार्यक्रम गरी कामदार महिलाको मुद्दालाई ओझेलमा पार्दै आएको अवस्थामा नेक्रामसङ्घले शोषित–पीडित महिलालाई राजनीतिकरूपले सचेत गराउने काम गर्नु सराहनीय भएको बताउनुभयो ।
नेमकिपाका सभासद्हरूले कामदार जनताको पक्षमा संविधानमा राखेका प्रावधानहरूलाई एमाले, माओवादी, काङ्ग्रेसका शासकहरूले रोकेको चर्चा गर्दै सरकारले भ्रष्टाचारी, ठेकेदार, गुण्डा, तस्करहरूलाई संरक्षण गरिरहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, “व्यक्तित्व विकासमा समान अवसर नभएसम्म, समाजवादी व्यवस्था स्थापना नभएसम्म कामदार जनताका छोराछोरीले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न मौका पाउने छैनन् । महिलाहरूले सम्मानपूर्वक जीवन यापन गर्न पाउने छैनन्, अतः समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्नु आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले श्रमिक महिलाहरू राजनैतिकरूपले सचेत नभएसम्म समाजवादी आन्दोलन अगाडि नबढ्ने चर्चा गर्दै महिलाहरूको कष्टप्रद अवस्थालाई अन्त्य गर्न पुँजीवादी व्यवस्थालाई ध्वस्त पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा पदमा पुग्ने महिलाहरू भनेको शोषणको भाग खानेजस्तै हो । शासक दलका महिलाहरू माथिल्लो पदमा पुग्दैमा महिला मुक्ति हुनेछैन । कामदार महिलाले वर्गसङ्घर्षको माध्यमबाट पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्षमा लाग्नु आवश्यक छ ।”
अध्यक्ष थापामगरले अन्तर्राष्ट्रिय महिला नेतृहरू जेनी माक्र्स, क्लारा जेटकिन, रोजा लक्जेम्बर्गहरूको जीवनी अध्ययन गरेर सङ्घर्षशील भावनाको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैंजूले पश्चिमा देशका महिला सङ्गठनहरूले महिला दिवसलाई उत्सवको रूपमा लिएको तर ल्याटिन अमेरिकामा मजदुर आन्दोलनको रूपमा अगाडि बढाइएको चर्चा गर्दै नेमकिपाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई कम्युनिष्ट आन्दोलनको रूपमा जोडेर समाजवादी गणतन्त्रको प्रचार अभियानलाई तीव्र बनाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बलात्कारी तथा अपराधीहरूलाई संरक्षण गर्ने राजनैतिक दललाई खारेज गर्न जरूरी छ ।”
नेमकिपा सुर्खेतका अध्यक्ष बमबहादुर शाहीले महिला बेचबिखन, महिला हिंसा, विभेदजस्ता विकृतिहरू पुँजीवादी व्यवस्थाको विशेषता भएकोले समाजवादी व्यवस्थाको लागि कामदार जनता लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष तुल्सी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिवराज दाहाल, शारदा पौड्याल, विजुकला राना, जानकी सुनारलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
Leave a Reply