अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २५ फागुन । “सामुदायिक अध्ययन केन्द्रले बोक्सा–बोक्सीजस्ता अन्धविश्वास र छाउपडीलगायत कुप्रथाको विरोधमा जनचेतना फैलाउनु आवश्यक छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले शनिबार छालिङ सामुदायिक सिकाइ केन्द्रको पाँचौँ साधारणसभामा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा अतिथि सुवालले मानिसलाई दुःख कुनै अदृश्य शक्तिको कारण नभई समाजका केही खराब मानिसहरूको कारण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी सम्पत्तिको विकाससँगै महिलामाथि विभेद सुरू भएको हो । कम्युनिष्ट विचार बोकेका क्लारा जेटकिनजस्ता क्रान्तिकारी महिलाहरूकै सङ्घर्षले कामदार वर्गका महिलाहरूले मताधिकार पाएका हुन् ।”
विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क भएको भए नेपालको विकास धेरै अगाडि बढिसकेको हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “पञ्चायतको ३० वर्ष र बहुदल पुनःस्थापनाको ३० वर्षमा पनि सरकारमा गएका पार्टीहरूले शिक्षा निःशुल्क र अनिवार्य गरेनन् ।”
उहाँले जोड दिनुभयो, “विद्यालय तहदेखि महिला र पुरूषबीचको समानतासम्बन्धी र अन्धविश्वास अन्त्य गर्ने शिक्षा लागू गर्नु आवश्यक छ ।”
“भ्रष्टाचार, ढिलासुस्ती, अनियमितताको विरोध हुनुलाई सरकारमा बस्नेहरूले गणतन्त्रको विरोध देख्नु गलत हो । गणतन्त्रमा राजश्री छाँट देखिनु दुःखलाग्दो आचरण हो । नेपाली नागरिकतामा बुबाको पहिचान गर्न नपर्ने कानुनी प्रावधान राख्नुले समाज थप अराजक हुन खतरा छ”, सांसद सुवालले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले समुदायको चौतर्फी विकासमा टेवा पुग्ने हरेक क्रियाकलापहरू सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्रोतव्यक्ति सावित्री बराल र सानुमाया लागेजूले पनि बोल्नुभएको कार्यक्रममा संस्थाको प्रतिवेदन सूर्यबहादुर फोजूले प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाबाट सानुमाया लागेजूको अध्यक्षतामा नौ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
Leave a Reply