भर्खरै :

साफ महिला फुटबलमा भारत विजयी

विराटनगर, ३ चैत (रासस) : पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी भई समूह प्रथम भएको छ ।
भारत जीतमा ग्रेस दाङमेई, सन्धिया रङ्गनाथन, इन्दुमती कथेरेसन, सङ्गीता वास्फोरे र रत्नाबाला देवी नानग्मेथेम गोल गरिन् । भारतले खेलको चौथो मिनेटमा नै दाङमेईले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने पहिलो गोल भएको तीन मिनेटपछि भारतकी खेलाडी रङ्गनाथनले गोल गरिन् ।
यसैगरी खेलको ३६ औँ मिनेटमा भारतकी कथेरेसन गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने ४४ मिनेटमा वस्फारेले पेनाल्टीबाट गोल गर्दै भारतलाई ४–० को गोलले अगाडि बढाइन् । पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफको ४७ औँ मिनेटमा नानग्मेथेमले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । आगामी बुधबार हुने खेलमा नेपाल र श्रीलङ्काबीच सेमिफाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *