भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ८ चैत । श्री एकान्त कुमारी सांस्कृतिक खलको आयोजनामा भएको बाँसुरी बाजा प्रशिक्षण एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
सूर्यविनायक गणेश परिसरमा भएको समापन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुरको परम्परागत कला र संस्कृति विकास गरी जीवन्त राख्न बाँसुरी बाजा पनि महत्वपूर्ण भएको र समय–समयमा भक्तपुर नगरपालिकाले विभिन्न बाजागाजा प्रतियोगिता गर्नुका साथै पुर्खाले सिर्जेको भैरवनाथ मन्दिर मर्मत भइरहेको जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी आशाकाजी त्वानाबासुले प्रशिक्षणबाट आर्जन गरेको सीपलाई निरन्तर समाज उत्थानमा प्रयोगमा ल्याउन जोड दिनुभयो । आयोजक समितिका अध्यक्ष प्रेमबहादुर माकले विविध सांस्कृतिक प्रशिक्षणका साथै कला, संस्कृतिलाई भावी पुस्तासम्मका लागि जगेर्ना गर्न एकान्तकुमारी सांस्कृतिक खल क्रियाशील रहने बताउनुभयो ।
कार्यक्रममा गुरुद्धय श्री विवेक मानन्धर र आश्विन मानन्धर, वडाका संस्कृतिकर्मी तथा सहयोगीलाई कदरपत्र वितरण गरियो । कार्यक्रममा चिनियाँलाल माक, नारायणकृष्ण माक र विष्णुप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply