भर्खरै :

कहिलेसम्म विदेशिने युवा ???

–निराजन पुरी
नेपाल सानो सुन्दर मुलुक हो । विकास निर्माणमा भने नेपाल अरु राष्ट्रभन्दा पछि परेको छ । नेपालमा प्रशस्त मात्रामा औद्योगिक क्षेत्रको विकास हुन नसकेका कारण रोजगारीको अवसर कमी रहेको छ । देशमा भएका युवाहरूले उचित तालिमहरू नपाउँदा बेरोजगार जीवन बिताउनुपरेको छ ।
अहिलेको समयमा धेरै नेपाली दाजुभाइहरू आफ्नो देश छाडी विदेशिनु पर्दा उनीहरूलाई निकै दुःखको आभास हुन्छ । आफ्नो सुन्दर देश छाडी खाडीको तातो घाममा जीवन बिताउन र नेपालमा साहुको चर्को व्याज तिर्न कसलाई पो रहर छ । नेपालको अवस्था हेर्दा युवाहरू विदेशिनुको कारण कुनै रहर नभई बाध्यता हो । एक नेपाली युवा धन कमाउने निहँुले विदेश पुगेको हुन्छ तर उसले त्यहाँ पाएको पीडा कसले बुझ्छ ? उसले तलब नपाउँदा र उसको पीडामा कसले साथ दिन्छ ?
युवाहरूलाई विदेश पलायन हुन नदिनका लागि युवाहरूलाई विभिन्न सीपयुक्त तालिमहरू प्रदान गर्नुपर्दछ । साथै देशमा रोजगारीको अवसर सिर्जना गर्नको लागि साना तथा ठूला उद्योगहरूको संरक्षण गरी उद्योग विकासमा जोड दिनुपर्दछ । यसका लागि सरकारले पनि केही सहयोग गर्नुपर्दछ ।
यदि देशमा औद्योगिक क्षेत्र वा विभिन्न सङ्घ सस्थाहरूको विकास गरी मुलुकलाई विकासतर्फ लान युवालाई विभिन्न तालिमहरू प्रदान गर्न सकेमा युवाहरू विदेश पलायन हुने सङ्ख्यामा कमी आई देश विकासमा टेवा पुग्छ । राजनीतिक दल आफ्नो घोषणापत्रमा लेखेजस्तै देशमा रोजगार दिलाउनको लागि लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *