भर्खरै :

के ट्रम्प भेनेजुयलामाथि हमला गर्दैछन् ?

प्रकाश
संरा अमेरिकी अर्थ विभागले मार्च १९ म·लबारका दिन भेनेजुयलाको जेनरल माइनिङ कम्पनी–मिनेरभेन  (Minerven) र त्यसका अध्यक्ष आड्रियन पर्डोमोमाथि पूर्ण प्रतिबन्ध लगायो । प्रतिबन्धको उक्त कदमले संरा अमेरिकामा भएका मिनेरभेन र पर्डोमोका सबै प्रमाणित सम्पत्तिहरू रोक्कामा परेका छन् र सम्पूर्ण अमेरिकी नागरिक एवम् कम्पनीहरूलाई तिनीहरूसित कारोबार गर्नमा रोक लगाएको छ । अमेरिकी अर्थ विभागले भेनेजुयलाको सुन प्रशोधन (उत्पादन) कम्पनी मिनेरभेनलाई तारो बनाएको हो र त्यसैको आडमा राष्ट्रपति निकोलस माडुरो सरकारले अर्थतन्त्रलाई स्थिर राखेको ठहर छ ।
मिनेरभेनले भेनेजुयलाको पूर्वी बोलिभार राज्यमा सुनलगायत विभिन्न धातु उत्खनन् गर्छ र राज्य मातहतको क·लोमेरेट भेनेजुलन कर्पोरेशन अफ गायना (सीभीजी) को एक भाग हो । मिनेरभेनसित कयौँ सुन प्रशोधन उद्योग छन् । राज्यमातहतका खानीहरूका र स–साना निजी खानी सञ्चालकहरूको सुनका बिस्कुट तयार गर्छ । भेनेजुयलासित विश्वको दोस्रो ठूलो प्रमाणित सुन भण्डार छ र यसले देशको पूर्वी ओरिनोको क्षेत्रमा सुन उत्खनन् बढाउने घोषणा नै गरेको छ ।
संरा अमेरिका, क्यानाडा र युरोपेली देशहरूजस्ता पररम्परागत व्यापार साझेदारहरू आफूविरूद्ध प्रतिबन्धमा उत्रेपछि भेनेजुयलाले सुन व्यापारको वैकल्पिक साझेदारहरूको खोजी गरेको छ । ती देशमध्ये टर्की प्रमुख हो । संरा अमेरिका र युरोपेली देशहरूले लगाएको प्रतिबन्धका कारण विदेशमा रहेका भेनेजुयाली खाताहरू रोका गरिएपछि र कारोबारमा बाधा उत्पन्न भएपछि विदेशी मुद्राको कोष पूर्तिको लागि भेनेजुयला सरकारले सुनको अत्याधिक खपत गरेको छ । भेनेजुयलाको यही विकल्पलाई समेत साम्राज्यवादीहरूले तारो बनाइरहेका छन्, युगाण्डालगायत विभिन्न अफ्रिकी देशका सुन प्रशोधन कम्पनीहरूमाथि छानबिन गर्न त्यहाँका सरकारलाई संरा अमेरिकाले दबाब दिएको रोयटर्सले हालै खुलासा गरेको छ । अफ्रिकी सुन कम्पनीहरूले भेनेजुयाली सुनलाई विश्व बजारमा पठाइरहेको आरोप साम्राज्यवादीहरूको छ ।
यसअघि बैङ्क अफ इ·ल्याण्डमा भएको १.२ अर्ब पाउन्ड बराबरको भेनेजुयलाको सुनको भुक्तानी दिन उक्त बैङ्क र बेलायती सरकारले अस्वीकार गरेको थियो । उक्त सुन भेनेजुयाली सरकारले औषधि र उपचारका लागि आवश्यक चिकित्सा सामग्री खरिद गर्नका लागि छुट्याएर राखेको थियो । अमेरिकी राज्य विभागले भेनेजुयलाको तेल क्षेत्रमाथि पनि गिद्धे दृष्टि राख्दै आएको छ । तेल क्षेत्र भेनेजुयलाको प्रमुख निर्यात राजश्वको स्रोत हो । गत जनवरी २८ का दिन नै राज्यमातहतका भेनेजुयाली तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएर सन् २०१९ मा हुने ११ अर्ब अमेरिकी डलर निर्यात राजश्वलाई रोकिदिएको थियो । संरा अमेरिकाले लगाएको उक्त नाकाबन्दीले भेनेजुयलाको अर्थतन्त्र कमजोर हुनेमात्र होइन भेनेजुयाली जनता भोकभोकै मर्ने स्थिति उत्पन्न हुने अनुमान छ । यसबारे संयुक्त राष्ट्र सङ्घका मानवअधिकार विङ् इड्रिस जाजरीले आफ्नो प्रतिवेदनमा भनेका छन्, “भेनेजुयलामा सरकार परिवर्तनको उद्देश्यले लगाइएका आर्थिक प्रतिबन्धहरूले प्रत्यक्षरूपमा आर्थिक सङ्कट निम्तिने र भेनेजुयाली जनताको खाद्य, शिक्षा, स्वास्थ्य आदि आधारभूत मानव अधिकारको प्रतयाभूतिमा गहिरो असर पर्न जाने स्थितिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ मार्चकै दिन भेनेजुयलाका सम्बन्धमा सैन्य हस्तक्षेपसहितका सबै विकल्प तयार रहेको बताउँदै सबैभन्दा कडा नाकाबन्दी लगाउन बाँकी नै रहेको चेतावनी दिएका छन् । अमेरिकी अधिकारीहरू भेनेजुयलासित कारोबार गर्ने गैर संरा अमेरिकी कम्पनी र व्यक्तिहरूलाई समेत रोक्ने र दण्डित गर्ने दोस्रो तहको प्रतिबन्धको तयारीमा लागेका बताइएको छ । संरा अमेरिकाले त्यस्तो प्रतिबन्ध समाजवादी देश क्युवा, प्रजग कोरिया र हालै इरानमाथि थोपरेको छ ।
ट्रम्पको उपरोक्त भनाइ ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले ह्वाइटहाउस भ्रमण गरिरहँदा आएको हो । त्यस क्रममा ट्रम्पले ब्राजिललाई संरा अमेरिकाको गैरनाटो रणनीतिक साझेदारको मान्यता दिँदै कयौँ सैनिक सम्झौता र संयुक्त कारबाहीका सहमतिहरूमा हस्ताक्षर गरेका थिए । यी सबै हुँदाहुँदै बोल्सोनारोलाई ह्वाइटहाउसमा बोलाउनुको मुख्य कारण भने भेनेजुयला प्रकरण र मेक्सिकोसितको सिमानामा बनाउन लागिएको कंक्रिट पर्खालका लागि समर्थन जुटाउनु नै थियो ।
बोल्सोनारोले संरा अमेरिका सिमानामा बन्न लागेको पर्खालको समर्थन गर्दे भेनेजुयलाको सत्ता परिवर्तनका लागि संरा अमेरिकाले चालिरहेको हरेक कदमप्रति समर्थन रहेको पत्रकारहरूसित बताए ।
बोल्सोनारो वासिङ्टनमा रहेकै अवस्थामा संरा अमेरिकी राज्य विभागका प्रवक्ता रोवर्टो पालाडिनोले वासिङ्टन डिसीस्थित भेनेजुयाली राजदूतावासका दुई सैनिक अटैची भवन र न्युयोर्कस्थित महावाणिज्य दूतावास भवन कथित स्वघोषित अन्तरिक राष्ट्रपति हुआँ ग्वाइडोका प्रतिनिधिहरूको जिम्मामा लगाएको घोषणा गरे । यसो गरेर अमेरिकी प्रशासनलाई खुशी लागेको पालाडिनोले बताए ।
भेनेजुयला सरकारले अमेरिकी भूमिमा आफ्नो कूटनैतिक कार्यालयहरूको त्यसरी बलपूर्वक र अवैधरूपमा गरिएको कब्जाको कडा शब्दमा निन्दा ग¥यो । विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यसको विरोधमा भेनेजुयाली भूमिमा समान स्तरको प्रतिकार्य हुने जनायो । संरा अमेरिकाको त्यस कदम रोक्ने उद्देश्यले न्यूयोर्कको म्यानहटनस्थित महावाणिज्य दूतावास भवनमा अमेरिकी भेनेजुयला ऐक्यबद्धता आन्दोलनले विरोध प्रदर्शन गरेको थियो भने वासिङ्टन डिसीस्थित राजदूतावास भवन प्रवेशमा रोक लगाउन संरा अमेरिकामा रहेका भेनेजुयाली नागरिकहरू र गुलाबी लहर आन्दोलनका कार्यकर्ताहरूले धर्ना दिएका थिए । ग्वाइडोले आफ्ना समर्थकमाझ केही दिनभित्रै माडुरो सरकारविरूद्ध ठूलो कदम चाल्न गइरहेको घोषणा गरेको केही दिनपछि नै उक्त बलजफ्ती कब्जा भएको हो ।
यसैबीच विपक्षी नियन्त्रित र भेनेजुयलाको सर्वोच्च अदालतद्वारा निलम्बित राष्ट्रियसभाले ग्वाइडोको सरकारलाई समर्थन गर्ने सैन्य अधिकारीहरू आफ्नो पदमा रहिरहने र तिनीहरूलाई आममाफी दिइने ‘आममाफी’ सम्बन्धी विधेयक पारित गरेको छ । त्यसलगत्तै फ्लोरिडाका अमेरिकी सिनेटर मार्कोगवियोलगायत अमेरिकी अधिकारीहरूले माफीसम्बन्धी ग्वाइडोको प्रस्ताव स्वीकार गर्न र ग्वाइडो सरकारलाई मान्यता दिन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हामीले भनेको मानेमा अमेरिकी प्रतिबन्धहरू हटाउन सकिने र सम्भावित सैनिक कारबाही नहुने भनी चेतावनीको अभिव्यक्ति दिएका छन् ।
काराकसमा हुआँ ग्वाइडोका चिफ अफ स्टाफ भनिएका रोवर्टो मोरेरोलाई अवैध हतियार थुपारेको र आतङ्कवादी समूह परिचालन गरेको अभियोगमा पक्राउ गरी मुद्दा चलाउन लागेपछि त्यसको प्रतिक्रियामा अमेरिकी अर्थ विभागले भेनेजुयाली आर्थिक तथा सामाजिक विकास बैङ्क–ब्यान्डेस (द्यब्ल्म्भ्क्) माथि मार्च २२ का दिनदेखि प्रतिबन्ध लगाइएको छ । ब्यान्डेस भेनेजुयलाको विकास परियोजनाहरूलाई अगाडि बढाउन स्थापना गरिएको भेनेजुयला र संरा अमेरिकालगायत कयौँ विदेशी सहरमा शाखा भएको भेनेजुयलाको सबैभन्दा ठूलो बैङ्क हो ।
भेनेजुयलामाथि सैनिक आक्रमणलाई समर्थन जुटाउने प्रयास
यसैबीच, राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयलामाथिको सैनिक आक्रमणका लागि क्षेत्रीय देशहरूको समर्थन जुटाउने प्रयास थालेका छन् । त्यसका लागि एकातिर प्रसुर अगुवाइ (एचयकगच क्ष्लष्तष्बतष्खभ) को नाममा ल्याटिन अमेरिकी देशहरूको अनौपचारिक सम्मेलन चिलीको राजधानी सान्टियागोमा बोलाउन लगाएका छन् भने अर्कोतिर क्यारिवियाली समुदाय (क्यारिकोम) का पाँच सदस्य राष्ट्रका नेताहरूसित फ्लोरिडास्थित मार ए लागोरिसोर्ट (ःबच(ब(ीबनयचभकयचत) मा बैठक गरेका छन् । मार–ए– लागो बैठकको विषय खुलाइएको छैन तर बैठकको प्रकृति हेर्दा सन् १९८३ मा ग्रेनाडामाथि हमला गर्नुपूर्व क्यारिवियाली नेताहरूलाई विभाजित गरेको घटनासित समानता देखा परेको ल्याटिन अमेरिकी राजनीतिक विश्लेषकहरूको ठहर छ ।
वासिङ्टनले बहामास, डोमिनिकन गणतन्त्र, हाइटी, जमैका र सेन्ट लुसियाका नेताहरूलाई मार–ए–लागोमा बोलाएको थियो र अमेरिकी आधिकारिक विज्ञप्तिअनुसार त्यहाँ प्रार्थी देशले पाहुना नेताहरूसित व्यापार, ऊर्जा र सुरक्षा मामिलामा छलफल गरिएको थियो । तर, ट्रम्पको अहिलेको प्राथमिक राजनीतिक, आर्थिक र सुरक्षा विदेश नीतिको एजेन्डा भनेकै भेनेजुयला भएकोले, भेनेजुयलामाथि नै केन्द्रित भएर छलफल भएको अनुमान व्यापक छ ।
ती बोलाइएका पाँचमध्ये ४ देशले गत जनवरीमा अमेरिकी राज्य सङ्गठन ओएएसमा निर्वाचित भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोलाई मान्यता नदिने भन्ने अमेरिका समर्थित प्रस्तावको पक्षमा मत दिएका थिए ।
क्षेत्रीय सङ्गठन क्यारिकोमले एक दशकदेखि नै साझा विदेश नीतिलाई जोड दिंदै आएको छ र भेनेजुयलाको राजनीतिक विवाद शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने दृष्टिकोण राख्दै आएको छ । अहिले क्यारिकोमको अध्यक्ष सेन्ट किट्स र नेभिसका प्रधानमन्त्री डा. टिमोथी ह्यारिस छन् र उनले क्यारिवियाली क्षेत्रलाई शान्ति क्षेत्र बनाउनुपर्छ भनी त्यस क्षत्रीय सङ्गठनको नेतृत्व गरिरहेका छन् । तर, ओएएसमा जनवरीमा भएको मतदानमा अनुपस्थित जनाएको क्यारिकोमको अध्यक्ष राष्ट्र सेन्ट किट्स एन्ड नेभिसलाई भने ट्रम्पको फ्लोरिडा बैठकमा निम्तो गरिएन ।
मार–ए–लागो बैठकको विषय अझै खुलासा गरिएको छैन तर आफ्नो कठपुतली बन्न तयारहरूलाई मात्र राखेर गरिएको त्यस बैठकले सन् १९८३ मा संरा अमेरिकी नेतृत्वमा ग्रेनाडामाथि गरिएको हमला अगाडि क्यारिवियाली नेताहरूलाई विभाजित गरेको घटनालाई स्मरण गराएको छ ।
त्यतिबेला अधिकांश क्यारिवियाली देशहरूले ग्रेनाडाको माउरिस विशपको क्रान्तिकारी सरकारलाई समर्थन गरेका थिए । ग्रेनाडामाथि सैनिक हमला गर्न साना तर रूढीवादी शासकहरू भएको ६ सदस्यीय सङ्गठन पूर्वी क्यारिवियाली राज्य सङ्गठन– ओईसीएसलाई वासिङ्टनले आफ्नो ढाल बनाएको थियो ।
त्यतिखेर ओईसीएसका अध्यक्ष तथा डोमिनिकाका आइरन लेडीका नाममा कुख्यात ड्याम इग्वेनिया र ओईसीएसका महानिर्देशक डा. भाउगन लेविसलाई दायाँबायाँ उभ्याएर तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले अक्टोवर २५, १९८३ मा अमेरिकी सेनाले ग्रेनाडामाथि हमला थालेको घोषणा गरेका थिए ।
ओईसीएसले ग्रेनाडामाथि हमला गर्न प्रदान गरेको बहानाले सन् १९८४ को राष्ट्रपतीय निर्वाचन अगाडि रेगनको लोकप्रियता बढाएको थियो र दोस्रो कार्यकालको लागि निर्वाचन जितेका थिए । आज त्यस घटनाको ३५ वर्ष पछाडि त्यस्तै दृश्य दोहो¥याउन लागिएको छ । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन ट्रम्पका अगाडि झण्डै एक वर्षमात्र समय बाँकी छ । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचन जित्न ट्रम्प पनि राजनीतिक लाभांशको तीव्र खोजीमा छन् र भेनेजुयलाको आन्तरिक राजनीतिक विवादलाई त्यसको लागि उपयोग गर्न खोज्दैछन् ।
क्यारिकोमका सबै सदस्य देशहरू आज वासिङ्टनसँगै नाच्न तयार छैनन् । त्यसैले मार–ए–लागो बैठकमार्फत क्यारिकोमभित्रै विभाजन ल्याउने दुष्प्रयास गरिएको छ । उक्त बैठकको पारिणामस्वरूप भेनेजुयलासम्बन्धी ती देशको पूर्वधारणामा परिवर्तन देखिन थालेको छ ।
बाँकी पृष्ठ ५ मा
के…
बहामासले राजधानी नासाउमा माडुरो सरकारद्वारा प्रस्तावित नयाँ राजदूतको नाम अस्वीकार गरिदिएको छ ।
माडुरो सरकारप्रति समर्थन जारी राखेका हाइटीका राष्ट्रपति र सतारूढ पार्टीमाथि वित्तीय अनियमितताको काण्डमा सामेल भएको र भेनेजुयलाले पेट्रोक्यारिब फ्युल इनिसियटिभ कार्यक्रममार्फत सहयोग दिइएको करोडौँ डलर गायब गरेको आरोपमा जोड दिन थालिएको छ ।
जमैकाले कि·स्टनस्थित भेनेजुयाली राजदूतावास अस्थायी अवधिका लागि बन्द गरेको घोषणा नै गरेको छ ।
जनवरीमा भएको मतदानमा भेनेजुयला विरूद्धको प्रस्तावको पक्षमा मतदान गरेको सेन्ट लुसियाले माडुरो सरकारसित कूटनीतिक सम्बन्ध भने तोडेको छैन । तर, त्यहाँका प्रधानमन्त्री क्यास्ट्रिजले अमेरिकी बोलीमा लोली मिलाउँदै भेनेजुयलामा नयाँ निर्वाचन हुनुपर्छ भनी बोलेका छन् ।
डोमिनिकन गणतन्त्रले भने मध्यस्थकारी भूमिका खेलिरहेको छ, उसले भेनेजुयलाबारेको पछिल्लो मतदान हुनुअगाडि सान्टो डोमिङ्गोमा महत्वपूर्ण वार्ताको आयोजना गरेको थियो । तर, फ्लोरिडा बैठकमा डोमिनिकन गणतन्त्रलाई भेनेजुयलाबारे हृदय परिवर्तन गर्न दबाब दिइएको अनुमान छ । सिङ्गो सङ्गठनका रूपमा क्यारिकोमले भेनेजुयला मामिला शान्तिपूर्ण तवरले समाधान गर्न आह्वान गरिरहेको छ तर त्यसका सदस्यहरूलाई माडुरो सरकारप्रतिको पूर्वधारणा त्याग्न लगाउन दबाब बढाउँदै लगिएको छ ।
क्यारिकोमका सदस्य राष्ट्रहरू एन्टिगुआ एन्ड बर्बुडा, बार्बाडोस, बेलिज, ग्रेनाडा, सेन्ट किट्स एन्ड नेभिस र ट्रिनिडाड एन्ड टोबागो ओएएसको मतदानमा अनुपस्थित भई माडुरो सरकारको पक्षमा रहेका थिए । डोमिनिका, सेन्ट–भिन्सेन्ट एन्ड ग्रेनेडाइन्स र सुरीनामले मात्र अमेरिकी समर्थनको प्रस्तावविरूद्ध नै मतदान गरेका थिए ।
मार–ए–लागो बैठक सम्पन्न गरेर के ट्रम्पले भेनेजुयलामाथि हमलाका लागि क्यारिवियाली समर्थन जुटाएका छन् ? के भेनेजुयला अमेरिकी निर्वाचन जित्नका लागि अर्को ग्रेनाडा बन्नेछ ? सर्वत्र चासोको विषय बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *