तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विदेशी लगानी ल्याउने नाममा देशका प्राकृतिक स्रोतसाधन विदेशीको हातमा सुम्पिन नहुने बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नपा वडा नं ९ को आयोजनामा महिला भेलामा अध्यक्ष बिजुक्छेंले सरकारमा जाने पार्टीहरूले सार्वजनिक उद्योग–कलकारखानालाई कौडीको मोलमा निजी क्षेत्रलाई बेचेर देशको अर्थतन्त्र ध्वस्त बनाएको बताउनुभयो ।
सहभागी महिलाहरूलाई हिन्द प्रशान्त सैन्य गठबन्धनबारे जानकारी दिंदै उहाँले संरा अमेरिकी साम्राज्यवादले चीन र भारतमाथि युद्ध थोपर्न खोजिरहेको बताउनुभयो ।
दक्षिण एसियामा भइरहेको साम्राज्यवादी चलखेलप्रति नेपाली जनता सचेत हुुनुपर्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेंले राजनीतिक रुपमा सचेत महिलाले समाजमा बढी योगदान गर्नसक्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले गरिरहेको गतिविधिबारे जानकारी गराउँदै नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार भएर नपाले ख्वप अस्पतालको स्थापना तथा मोतीबिन्दुको शल्यक्रिया सेवा सुरु गरेको बताउनुभयो ।
उहाँले विदेशमा जाने लहलहैमा नक्कली विवाहको कागज बनाउने युवा युवतीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेश सदस्य सृजना सैंजूले समाजमा व्याप्त अन्धविश्वास, कुरीति र गलत परम्पराविरुद्ध महिला आफैं अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले काठमाडाँैको रानीपोखरी निर्माणमा भक्तपुरका महिलाहरूको सहभागिताले देशभर भक्तपुरका जनताप्रति सकारात्मक सन्देश गएको चर्चा गर्दै विकासको मूल आधार भनेको आत्मनिर्भरता हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका स्थानीय कार्यकर्ता दिलभक्त कोजू, छोरीमैंया सुजखूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply