मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिका वडा नं. ९ मा शनिबार नगरपालिकाद्वारा वितरित फिजिकल फिटनेस सामग्रीको उद्घाटन भयो ।
भनपाका नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै शारीरिक श्रम घट्दै जाँदा विभिन्न रोग लाग्ने सम्भावना भएको हुँदा स्वस्थ खानपान र नियमित व्यायाममा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले नगरवासीलाई स्वस्थ बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले नगरको १० वटै वडामा शारीरिक व्यायामका सामग्रीहरू वितरण गरिसकेको र घरदैलो नर्सिङ सेवा पनि सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।
युवा तथा खेलकुद समितिका सदस्य कुमार चवालले भक्तपुर नगरपालिकाले विभिन्न खेलहरूको प्रशिक्षण दिंदै आएको र विद्यालयस्तरीय तथा वडाव्यापी खेलकुद प्रतियोगिता गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाद्वारा वितरित व्यायाम सामग्रीको प्रभावकारी ढङ्गले उपयोग गर्नुपर्ने र स्वस्थ जीवन बाँच्न नियमित व्यायामको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरवासीको स्वास्थ्य राम्रो बनाउन व्यायाम सामग्रीको उपयोग गर्न आग्रह गर्दै असल नागरिकको परिचय दिन पसल व्यवसायहरू दर्ता गरी समयमै कर तिर्नुपर्नेमा जोड दिनुभयो ।
राजेश प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ९ नं. वडा खेलकुद समितिका उपाध्यक्ष बाबुकाजी मानन्धर, स्थानीय दीपेन्द्र प्रजापति र सृजना प्रजापतिले पनि व्यायाम–सामग्रीको उद्देश्य र महत्वबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले ९ नं. वडाका १०५ वर्षीया ज्येष्ठ सदस्य भीमथकु प्रजापतिलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने वडाकै कलाकारद्वय भीमप्रसाद प्रजापति र सुरेन्द्र प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका ९ नं. वडा खेलकुद समितिको आयोजनामा दत्तात्रयमा सम्पन्न पावर लिफ्टिङ प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply