भर्खरै :

बेलायती विश्वविजेता भक्तपुरमा

भक्तपुर, २० चैत । बेलायतका विख्यात ओलम्पियन खेलाडी डेम क्याथरिन जेन ग्रिन्गरले मंगलबार भक्तपुर नगरको भ्रमण गरेका छन् । युके स्पोर्टस्का अध्यक्ष तथा पाँच पटक ओलम्पिक पदक विजेता ग्रिन्गर नेपालका ओलम्पियन दिपक विष्ट सहित भक्तपुरको दरबार क्षेत्र र पाँचतल्ले मन्दिर क्षेत्रको भ्रमण गरेको विष्टको फेसबुक पेजमा लेखिएको छ ।
उनी डुंगा खियाउने प्रतियोगिताका खेलाडी हुन् । उनले सन् २०१२ को समर ओलम्पिकमा बेलायतलाई स्वर्ण पदक दिलाएकी थिइन् । विभिन्न वर्षको ओलम्पिकमा उनले चार चाँदीका पदक जितेकी छिन् । उनी छ पटककी विश्वविजेता हुन् । उनीसँगै भक्तपुर निवासी टीटीका अन्तर्राष्ट्रिय खेलाडी शिवसुन्दर गोठे, कराते खेलाडी दयाराम गाइजू पनि सहभागी थिए ।

तस्वीरहरूः दिपक विष्टको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *