भर्खरै :

बोडेमा जात्रासम्बन्धी फोटो प्रदर्शनी

मध्यपुर, २३ चैत । बोडेको खाँसी टोलमा शनिबार बिस्केट जात्रासम्बन्धी फोटो प्रदर्शनी भयो । उक्त प्रदर्शनीको उद्घाटन मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रदर्शित फोटोको फोटो खिचेर गर्नुभयो । सो अवसरमा नगरप्रमुख श्रेष्ठले प्रदर्शनीले मध्यपुरको जात्रा संस्कृतिको प्रचार हुने उल्लेख गर्नुभयो ।
फोटा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष रत्न श्रेष्ठले फोटो प्रदर्शनीले पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मध्यपुर फोटो क्लवका अध्यक्ष रवीन्द्र प्रजापतिले फोटो प्रदर्शनी गर्दै जाने विचार राख्दै फोटोको प्रतियोगिता पनि गर्ने बताउनुभयो ।
प्रदर्शनी फोटो पत्रकार महासङ्घ, फोटो क्लव नपाको संयुक्त आयोजनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *