“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, १ वैशाख । आइतबार दिउँसो २ः४५ देखि लगातार घण्टौं परेको अविरल वर्षा र असिनाका कारण चाँगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी, वडा नं ८ सुडाल र वडा नं ९ ताथलीलगायत वरपरका क्षेत्रमा करोडौं मूल्य बराबरको बालीनाली नष्ट भएको छ । असिना पानीका कारण स्थानीय किसानहरूले लगाएको आलु, काउली, सिमी, बोडी आदि नगदेबाली र गहुँखेती पूर्णरूपमा नष्ट भएको स्थानीय नारायणभक्त न्हेम्हाफुकीले बताउनुभयो । वर्षा र असिनाले पु¥याएको क्षतिका कारण सो क्षेत्रका किसानहरू नराम्ररी प्रभावित भएका छन् ।
स्थानीय बाबुकाजी माकजूका अनुसार मुसलधारे वर्षासँगै आएको बाढीले स्थानीय किसानहरूले लगाएका खन्न बाँकी रहेका आलु खेती बगाएका र पुरिएका छन् । त्यस्तै अरु तरकारी र गहँुखेतमा ठूलो क्षति पुगेको छ ।
स्थानीय वडा अध्यक्ष गणेश त्यातले पनि असिना–पानी र बाढीले ठूलो नोक्सानी पारेको बताउनुभयो । उहाँले वर्षा र बाढीका कारण क्षति पुगेको खुलाउन आफू लागिपरेको बताउनुभयो ।
मुसलधारे वर्षाका कारण ताथली, सुडाल र छालिङका ३६ वटा इँटा भट्टा प्रभावित भएका छन् । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले आइतबारको वर्षाका कारण सो क्षेत्रका इँटा भट्टाले अघिल्लो वर्ष उत्पादन गरेको इँटाको तुलनामा ५० प्रतिशत इँटामात्र उत्पादन हुने बताउनुभयो । उहाँले जेठ मसान्तसम्म चलाउने सोचमा रहेका इँटा उद्योगहरूले आइतबारको वर्षाका कारण अब इँटा उत्पादन बन्द गर्न बाध्य भएको बताउनुभयो ।
विभिन्न जिल्लाबाट इँटा भट्टामा कामका लागि आएका मजदुरहरूसमेत काम नहुँदा लिएको पेश्कीसमेत चुक्ता गर्न नसक्ने अवस्थामा रहेको उहाँले भन्नुभयो ।
भक्तपुर जिल्लाको पूर्वी भेगमा परेको ठूलो असिना–पानीका कारण हनुमन्ते नदीमा ठूलो बाढी आएको थियो ।
Leave a Reply