भर्खरै :

ट्रोटस्कीको पतनका केही कारणहरू

अन्ना लुई स्ट्रङ
(अन्ना लाउस स्ट्रङ्गले सन् १९२५ तिर मस्कोको भावुक र अस्थिर स्थितिबारे आफ्नो अनुभव लेखेकी थिइन् । ‘माक्र्सिस्ट इन्टरनेट आर्कात्’ बाट साभार गरिएको स्तालिन ‘द भ्वाइस अफ द पार्टी’ व्रैक्स ट्रोटस्की शीर्षकको आलेखलाई राकस्थाले नेपालीमा अनुवाद गर्नुभएको हो । लेनिनको मृत्युपछि पश्चिमेली साम्राज्यवादीहरू ट्रोटस्कीलाई उचालेर रुसी कम्युनिष्ट पार्टी र समाजवादी रुसलाई धुजाधुजा पार्न चाहन्थे र स्तालिनलाई सुरुदेखि बद्नाम गर्ने र पार्टीका हरेक सङ्गठनलाई ट्रोटस्कीवादी बनाउन खोज्थे । तर, बाल्शेविक पार्टीको बनावट र प्रचारयुद्धले पश्चिमेली साम्राज्यवादीहरूको त्यस्ता सबै षड्यन्त्रहरू पराजीत भए । पश्चिमेलीहरूको षड्यन्त्र र भ्रमहरूको माझबाटै स्तालिनको उदय र चमक बढ्दै गयो । यसरी नै सोभियत समाजवादको विजय भएको थियो । तर, साम्राज्यवादीहरूले आफ्नो षड्यन्त्रहरू चालू राखे, ट्रोटस्कीको गोटीको ठाउँमा ख्रुश्चेभपछि गोर्भाचोभसम्म पुग्दा सोभियत कम्युनिष्ट पार्टीलाई विघटन गरे, सोभियत समाजवादको ठाउँमा पुँजीवाद पुनःस्थापना गरे तथा रुसी सोभियत समाजवादी गणतन्त्र सङ्घलाई नै विघटन गरी सोभियत सङ्घलाइई १५–१६ टुक्रामा विभाजित गरे । – सम्पादक)
क्रान्तिका पिताको निधन हुनुभन्दा अगाडि विश्वको ध्यान केन्द्रित गर्ने दुई संरक्षक सन्त थिए ः लेनिन र ट्रोटस्की । त्यही बेलादेखि स्तालिन नेतृत्वमा आए । रसियाली राजनीतिमा स्तालिन र ट्रोटस्की दुईजना नेता देखिए । वर्षहरू बितेसँगै तिनीहरू प्रस्टरूपमा छुटिने किसिमले नेतृत्वमा अगाडि आए ।
पछि स्तालिन विवादरहित नेता भए । उनले पार्टीको महासचिवको पदमा रही नेतृत्व गरे र त्यही तहबाटै जनकमिसारहरूको जन परिषद् र राजनीतिक विभाग र उद्योगहरूका प्रमुखहरूलाई परिचालन गरे । उनले कुनै विदेशी र गैरकम्युनिष्ट उच्च प्रशासनिक अधिकारीहरू देखेनन् । उनको काम पार्टी संरचनालाई व्यवस्थित गर्नु र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु थियो ।
ट्रोटस्कीको ख्याती
अर्कोपट्टि, ट्रोटस्की राजनीतिक रूपमा निराश थिए । तीनवर्ष अघिको पहिलो हारपछि उनी पूरै केन्द्रीय समितिभन्दा चर्चित थिए । डेढ वर्ष अगाडि दोस्रो हारपछि उनी तल्लो तहका पार्टी कार्यकर्ताबीचमात्र चर्चित भए । अन्तिम पराजयपछि उनको चर्चा पुरै घट्यो । उनका समर्थकहरू चकित भए र तितरवितर भए । गाउँका साना कम्युनिष्ट समूहहरूले यसबारे छलफल नगर्ने निर्णय गरे तथा अझै छलफल गरिनुपर्छ भन्नेहरूलाई पार्टीबाट निकालेर फाल्नुपर्छ भने । (सारमा ट्रोटस्की भित्रभित्र पश्चिमेली साम्राज्यवादीहरूबाट सहयोग पाउँदै थिए – सम्पादक)
उनी हारे पनि र उनको अधिकांश कार्याधिकार हटे पनि स्तालिनको नेतृत्वको केन्द्रीय समितिको निर्णयले ट्रोटस्कीको नारालाई अनुशरण गर्दै थियो । तीन वर्ष अगाडि प्रस्तुत उद्योगबारेका उनको विचार ‘औद्योगिकीकरण’ र ‘अर्थतन्त्रको शासन’ त्यस वर्षको विचार बनेको थियो । एक वर्षभन्दा अगाडिको दुई हप्ता लामो सम्मेलनअनुसार विद्युतीय उद्योगहरूको एकीकरणले रसियाका सबभन्दा ख्यातिप्राप्त उद्योगहरू कार्यक्रम निर्धारित हुन्थ्यो । उनका हरेक लडाइँले नीतिमा प्रभावित पारेको हुन्थ्यो । उनका हरेक व्यावहारिक सुझाव अहिले कट्टरपन्थी कार्यक्रमको अंश हुन्छ । हरेक मुख्य सुझाव विनाहेरफेर ढिलो वा चाँडो स्वीकार गरिएको हुन्थ्यो । उनलाई आफैलाई काम गर्न नदिइएको मात्र देखिन्थ्यो । उनको आलोचना गर्ने शैलीमाथि आक्रमण गरिन्थ्यो, उनलाई आलोचनाहरू गर्न दिइन्थ्यो ।
ट्रोटस्की वरिपरिका प्रतिपक्षीहरू सानो भए पनि सक्षम थिए । यसमा अक्टोबर क्रान्तिका निर्माताहरूको रूपमा देशबाहिर चिनिएका नामहरू जस्तै जिनोवेवियम, कामेनेय, राडेक, सोकोल्निकोफ, पियाटाकोफ र अन्य थुप्रै थिए । यिनीहरू जारको अत्याचारको बेला युरोप बसेका मानिस थिए । उनीहरूले पश्चिमी भाषा, पश्चिमी औद्योगिक प्रविधि र पश्चिमी क्रान्तिकारी आन्दोलन सिकेका थिए । तिनीहरू सिद्धान्तमा मात्र होइन व्यावहारिक रूपमा अन्तर्राष्ट्रवादी थिए । तिनीहरू कम्युनिष्ट पार्टीका राम्रा वक्ताहरू थिए । प्रतिपक्षलाई दबाएपछि बैठकहरू निरस भए । तिनीहरू किसान र रुसको पृष्ठभूमिसँग सम्पर्कमा थिएनन् ।
स्तालिनको समर्थन
स्तालिन वरिपरिका बहुमत समूहमा मुख्यतः रसिया र साइवेरियाका सुदूरवर्ती क्षेत्रमा निर्वासनमा बिताएका ‘पुराना बोल्शेभिक’ हरू थिए । तिनीहरूले पश्चिमी भाषा सिकेका थिएनन् बरु किसान र पछाडि परेका जातिहरूबारे सिक्दै थिए । तिनीहरूले अवैध मानिएको मजदुर सङ्गठन बनाए र उनीहरू खतराका हजारौँ सिक्रीले बाँधिएका थिए । तिनीहरू रसियाका सुदूरदेखिका वोल्शेभिक जालोमा समाहित थिए । हरेक कारखानामा उनीहरूका मानिसहरू पूर्व क्रान्तिकारी दिनका नायकहरू थिए । उनीहरू नयाँ पुस्ताका मजदुरहरूका श्रद्धेय नेता थिए । उनीहरूको एकता बलियो थियो र पार्टी संयन्त्रमाथिको नियन्त्रण अक्षुण्ण थियो । उनीहरू पनि सैद्धान्तिक रूपमा अन्तर्राष्ट्रवादी थिए तर केही स्वाभाविकरूपमा राष्ट्रवादी थिए ।
यी दुई समूहबीच सैद्धान्तिक खाडल छ । बाहिरकाले यो महत्व नभएको र अनावश्यक मान्छन् । सिद्धान्त र व्यवहार राम्ररी नछुटिएका कम्युनिष्टको निम्ति यो खाडल यति गहिरो थियो कि दुई समूहबीच बुझिने गरी कुराकानी पनि हुनसक्दैन ।
पुँजीवादी राष्ट्रहरूको विचारअनुसार दुई समूहबीचका सहमतिको क्षेत्रभन्दा असहमतिको क्षेत्र धेरै फराकिलो थियो । रसिया आज उल्लेखनीय सफलतासाथ ‘समाजवादको निर्माण’ भएकोमा दुवै सहमत छन् । आस्थाको हिसाबमा दुवै विश्व क्रान्ति अपरिहार्य भन्ने आशा गर्छन् । अन्य सरकारहरूको भन्दा यो विचार फरक छ र यसले कम्युनिष्ट मतभेदलाई छायाँमा पार्छ ।
समाजवाद अन्तर्राष्ट्रवादी हुनैपर्छ ?
स्तालिन र ट्रोटस्की समूहबीचको मतभेदलाई ध्यानपूर्वक हेर्ने हो भने कुनै अन्य देशको क्रान्तिकारी सहयोगबिना समाजवाद एकै देशमा र रसियाजस्तो पछौटे देशमा समाजवाद स्थापना गर्न सकिन्छ कि सकिन्न भन्ने हो । ट्रोटस्कीले बोकेको पुरानो विचारमा समाजवादको पूर्ण सफलताको निम्ति रसियासहित अन्य देशमा क्रान्तिको विजय हुनुपर्छ । रसियाली कम्युनिष्टहरूको अत्यन्त बहुमतले विदेशसँगको युद्ध नभएको अवस्थामा एक्लैले पनि क्रान्ति सम्पन्न गर्नसक्छ भन्ने हो ।
यो सानो मतभेदले सोभियत नीतिजस्तै औद्योगिक कार्यक्रम, किसान समस्या र अन्य धेरैमा महत्वपूर्ण व्यावहारिक मतभेद सृजना ग¥यो । यदि रसिया एक्लैले समाजवादको जग निर्माण गर्ने हो भने किसानहरूलाई सरकारले तुरुन्त नजिकको सम्बन्धमा राख्नुपर्छ । यदि विदेशी मजदुरहरूले कुनै दिन सहयोग गर्ने भए किसानहरूलाई आवश्यक समयसम्म रोक्न सकिन्छ र यसैबीच देशलाई औद्योगिकीकरण गर्नुपर्छ ।
व्यक्तिगत विभाजन
यो नीतिगत असहमतिका साथै स्तालिन र ट्रोटस्कीबीचको दूरीले ट्रोटस्कीलाई प्रभावकारी क्रियाकलापबाट टाढा राख्यो ।
ट्रोटस्की लाखौंलाई उत्साहित गर्नसक्ने व्यक्तित्व थिए । स्तालिन एक उत्तम सचिवमात्र थिए । यद्यपि स्तालिन सफल हुन्थे र ट्रोटस्की हार्थे । ट्रोटस्की सधैँ आफ्नो व्यक्तित्वलाई महत्व दिन्थे । स्तालिन सफल हुन्थे किनभने उनी आफूलाई नै बिर्साउने गरी काम गर्थे । उनी आफ्नो व्यक्तिगत धारणा राख्दैनथे बरु पार्टीको विचारलाई नै आफ्नो विचार मान्थे ।
कम्युनिष्टहरू व्यक्तिगत महत्वाकाङ्क्षालाई कम महत्व दिन्छन् । एक प्रतीकको रूपमा स्थापित लेनिनप्रति तिनीहरू आदर गर्छन् । तिनीहरू व्यक्तिको होइन, सामूहिक विचारलाई अनुशरण गर्न चाहन्छन् । स्तालिन सामूहिक भावना स्वीकार्ने भएकाले सफल भए । यसो गर्नसक्ने निश्चय नै महान राजनीतिज्ञ हुन्छन् ।
स्तालिन एक साहसिक मानिस
स्तालिनलाई व्यक्तिको रूपमा बुझ्न गा¥हो छ । पुराना कम्युनिष्टले बाहेक अरुले स्तालिनलाई बुझ्न सक्दैन । उनी बैठक र पत्रकारबीच कमै उपस्थित हुन्थे । क्रेमलिनको उनको कोठामा भेट्ने मेरा एक साथीले उनी संयम, जाज्ज्वल्यमान, सफा, कार्यकुशल भएको अनुभव गरे । उनका कोठाका झ्यालमा फूलहरू थिए । अरु पुराना कम्युनिष्टहरूजस्तै स्तालिन दिनरात काम गर्थे र उनको स्वास्थ्य राम्रो थिएन । क्रेमलिनका एक डाक्टरले ‘क्रान्तिको दसौँ वार्षिकीसम्ममा क्रान्ति सफल गर्ने अधिकांश मानिसको निधन हुने’ अड्कल गरे । लेनिन, भोरोभस्कि, जेर्जीन्स्की, क्रासिनको सृङ्खलाबद्ध शवयात्राले यो भनाइलाई पुष्टि ग¥यो । युवावस्थामा सबैले बन्दी, निर्वासन, भोकहड्ताल, युद्ध आदि भोगे । सबैले बिहान, दिउँसो, साँझ, मध्यरातसम्म निरन्तर काम गरे ।
स्तालिन अपवाद होइनन् । पुरानो रसियामा सबभन्दा साहसिक समूहको रूपमा परिचित बोल्शेभिक पार्टीको जर्जियाली क्षेत्रमा उनले दिएको नेतृत्वको कारण उनले ‘स्तालिन’ नाम पाए, जसको अर्थ ‘इस्पात’ हो । उनीहरू गुरिल्ला युद्ध जानेको पहाडी क्षेत्रका तालिम प्राप्त लडाकु थिए । तिनीहरूले जारका विशिष्ट गुप्तचरहरूलाई प्रभावमा पारी हातमा लिन्थे र पार्टीलाई आर्थिक बन्दोबस्त गर्थे ।
स्तालिनको वास्तविक नाम
इस्पाटको रूपमा लिइएका स्तालिन जाज्ज्वल्यमान एवम् निर्भिक व्यक्तित्वका धनी थिए । उनी ‘उत्कृष्ट सचिव’ का रूपमा प्रसिद्ध भए । उनको वास्तविक नाम जोेसेफ विसेरियानोभिच जुगोभिलि हो । उनी एक जुत्ता सिलाउने सार्कीका छोरा थिए । उनलाई धर्मशास्त्र स्कूलमा छात्रवृत्तिसाथ भर्ना गरिएको थियो । स्तालिनले सुरु गरी अन्त नगरेको एकै काम धर्मशास्त्रको अध्ययन थियो । उनलाई क्रान्तिकारी झुकावको कारण देश निकाला गरियो । उनले वाकु तेल मजदुरहरूलाई सङ्गठित गरे । उनलाई साइवेरिया निर्वासनमा पठाइयो ।
स्तालिनले साइवेरिया निर्वासनमा छँदा पहिलोपटक लेनिनको नाम सुनेका थिए । उनले आफ्नो विश्वासिलो एक साथीसँग ‘लेनिन पार्टीका पहाडी बाज’ र ‘देवदूत’ भएको उल्लेख गर्दै चिठी लेखे । पार्टी विभाजनको बेला पार्टीको महाधिवेशनमा भाग नलिएरै साइवेरिया निर्वासनमा रहेका स्तालिनले लेनिनको पक्ष लिए । त्यही बेलादेखि लेनिनसँग विरलै भेटघाट भए पनि लेनिन स्तालिनका समर्पित शिष्य बने । लेनिन विदेशमा निर्वासित हुँदा साहित्य लेख्थे र गुप्तरूपमा रसिया पठाउँथे भने स्तालिन कारखानाहरूमा बोल्शेभिक समूहहरू बनाउँथे । स्तालिन पक्राउमा परिरहन्थे र छुट्थे । उनी पार्टी परिधिबाहिर चिनिएका थिएनन् तर सङ्गठनभित्र क्रमशः सक्रिय हुँदै धेरैबीच परिचित हुँदै थिए ।
स्तालिनका गल्ति ः उनी कहिल्यै गल्ति गर्दैनन्
रसियामा स्तालिनले कहिल्यै उल्लेखनीय कुनै गल्ती गरेनन् । उनी जहिलेसुकै लेनिनको पक्षमा रहे । लेनिनले गल्ती स्वीकारे पनि ती अनुयायीले सम्झने खालका छैनन् । जिनोवेफले छोड्दा स्तालिनले लेनिनको साथ दिए । त्यस्तै ट्रोटस्की भड्किँदा पनि स्तालिनले लेनिनको पक्ष लिए । यस्ता मान्छेलाई आरोप लगाउन सकिने एउटै कुरा हो, उनी रबर स्टाम्प भन्ने हुनसक्छ र यो आरोप विरोधीले लगाए पनि । स्तालिनले प्रेओब्राज्केन्स्कीका विरामहरूको लेखाजोखा गर्दै गर्दा प्रेओव्राज्केन्स्की चिच्याए, “कम्तीमा मैले आफ्नै मनले भनेझैं काम गरेँ ।” स्तालिनले टाउको हल्लाउँदै भने “खराब तरिकाले काम ग¥यौ ।” पार्टीको न्यायिक भाषा बोल्दै यसरी उनले व्यक्तिगत प्रतिरोधको बाटो लिएनन् ।
पार्टीको आवाज
स्तालिन आफूलाई सक्षम राख्न कति सफल छन् भन्ने कुरा धेरै घटनाहरूबाट झल्काउँछ । दुई वर्षअघि एक कम्युनिष्ट मित्रले मलाई भने, “जिनेभेफबाट केही सुन्न खोज्दा केन्द्रीय समितिको विचार पर्खनुपर्छ । स्तालिनले केही भन्दा त्यो काम सम्पन्न भइसकेको हुन्छ ।” अर्का एक साथीले ट्रोटस्कीको दोस्रो हारको बारे भने, “पार्टीको एकतालाई चुनौती दिने जो कोहीको नियति यस्तै हुन्छ । जिनेभेफको त्योभन्दा नराम्रो हुन्छ किनभने उनी कम चर्चित छन् ।”
“अनि स्तालिन ?” मैले सोधेँ । “उनले पार्टीको एकतालाई चुनौति दिए नि ?” मेरा मित्रले अप्ठेरो मानेको देखियो । अन्तमा उनले जवाफ दिए, “स्तालिन पार्टीको एकतालाई चुनौती दिनसक्दैनथे ।” स्तालिन पार्टीको एकत्रित आवाजबाहेक बोल्दैनथे ।
सार्वजनिक भाषणमा स्तालिन चर्चित वक्ता थिएनन् । उनको आवाज सानो हुन्थ्यो, उनको प्रस्तुति शैली कमजोर हुन्थ्यो, ठूलो बैठकमा उनको भाषण बुझ्न गा¥हो हुन्थ्यो । तर, मुख्य व्यक्तिहरूबीचको पार्टीको सम्मेलनमा उनी प्रभावशाली देखिन्थे । उनका व्यक्तिगत एक साथीले भने, “स्तालिनको सुरुको भाषण त्यति चाखलाग्दो नहुने तर तर्कहरू एकपछि अर्को गरी प्रस्तुत भएपछि शब्दहरू प्रभावकारी हुँदै महत्वपूर्ण हुन्थे र चाखलाग्दा हुन्थ्यो ।” “उनी थकित देखिन्थे तर सा¥है बुद्धिमान थिए ।”
स्तालिन मानिसलाई सुन्न गा¥हो नहुञ्जेल उनी ठूलठूलो स्वरले बोल्दैनथे नत्र सानो स्वरमै आफ्नो भनाइ राख्थे ।
ट्रोटस्कीको प्रभाव
सर्वथा फरक भन्नु बैठकमा ट्रोटस्कीको प्रभाव हो । पुराना दिनमा उनी कुनै सभाकक्षमा प्रवेश गर्दा कोही पनि बोलिरहेको किन नहोस् उग्र र निरन्तरको तालि बज्थ्यो । उनको मन्तव्यमा प्रेरणादायी उत्तेजना हुन्थ्यो र राष्ट्रको शब्दभण्डारमा नाराको रूपमा स्थापित हुने पदावलीबिना उनी भाषण दिन्नथे । उनीसँग पत्रकारिताको तालिम थियो र उनी समाचारको शीर्षक बन्नेखालका भाषण गर्थे । शीर्षक र भनाइले राष्ट्रमा लडाइँ र क्रान्तिलाई रक्षा गर्नेखालले हलचल ल्याउन सक्छ । तर, उनका ती भनाइहरू सधैँ स–साना अयथार्थ र पार्टी कार्यक्रमको तर्कपूर्ण वक्तव्यको रूपमा गलत सावित हुन्थे । तिनीहरू सदा समस्याको अति सरलीकरण हुन्छन् ।
अन्तिम पार्टी बैठकभन्दा अगाडि एक रसियाली कम्युनिष्टले मलाई भने, ‘जिम्मेवार पार्टी कार्यकताहरू दुई मानिसलाई सुन्ने गर्थे । ट्रोटस्कीलाई नयाँ विचार र विलक्षण प्रस्तुतिको रोमाञ्च लिन सुन्न जान्छन् । तर, स्तालिनको तटस्थ एवम् पार्टीको अर्को नयाँ कार्य र कर्तव्यको सही सैद्धान्तिक सूत्र जान्न सुन्ने गर्थे ।
अप्रत्यक्षरूपमा स्तालिनलाई व्यक्तिगतरूपले स्तालिन सङ्गठनको आदर्श व्यक्तित्वको एक झल्कोको रूपमा मानिसहरू लिन्थे । उनको प्रशंसामा स्भेर्डलोभले यसो भने, “लेनिन पछि अहिलेसम्म पार्टीले तयार पारेका स्तालिन एक महान सङ्गठक ।” ट्रोटस्कीको योग्यताले लालसेना गठन भए पनि स्तालिन ट्रोटस्कीलाई महान सङ्गठकको रूपमा लिँदैनथे । स्तालिन शान्त र पूर्णरूपमा भन्थे, “हाम्रो परिस्थितिमा सङ्गठक बन्नुको अर्थ हो, कठोर र सादा व्यक्ति तर उद्देश्यलाई एक मनले पूरा गर्नको निम्ति आश्चर्यजनक बन्नु हो ।”
“सङ्गठनकर्ता बन्नुको अर्थ प्रथमतः आफ्ना जनतालाई चिन्नु, तिनीहरूको क्षमता र कमजोरी पक्ष बुझ्नुपर्छ, हरेक व्यक्ति कुनकुन विषयमा राम्रो छ भनी एकचित्तले बुझ्नु हो ।”
“यसको अर्थ कार्यकर्ताको राम्रा गुणलाई तिखार्न पूर्ण अभ्यास गर्न दिने र कमजोरीलाई सच्याउन दिने वा सामान्य बनाउने अथवा त्यसलाई शक्तिमा रूपान्तरण गर्ने हो । क्रान्तिको निम्ति हरेकले आफ्नो क्षमतालाई अधिकतम उपयोग गर्नु र गराउनु दोस्रो महत्वपूर्ण विषय हो ।”
“आफ्ना कार्यकर्ताहरूमाझ तिनीहरूको संयुक्त कामले उत्कृष्ट नतिजा ल्याउने सम्बन्ध गाँसिदिनु तेस्रो माध्यम हो । त्यसबाट पूरै सङ्गठन सक्रिय एवम् सन्तुलित हुनेछ र सारा काम एउटै लक्ष्यतिर उन्मुख हुनेछ ।”
व्यावहारिक राजनीतिमा सफल हुन पूर्ण एकरूपता हुने तथा विरोधी पक्षले विचलित गर्न नसक्ने परिपाटी सङ्गठनमा बसालिएको थियो ।
विरोधीसँग स्तालिनको तरिका
अडानमा बस्ने एक प्रतिबद्ध कम्युनिष्टलाई इष्र्यालु मस्कोले कम मूल्याङ्कन ग¥यो । उनलाई पूर्वी राजदूतावासको एक उच्च पद दिइयो, जहाँ उनले आफ्नो प्रतिभालाई झन् निखारिदिए । पश्चिमा (युरोप) को भाषामा दख्खल राख्ने विपक्षी सङ्गठनका सदस्यहरू सबैजना राजदूत बनाएर पठाइए वा व्यापारिक संस्थाको प्रमुख बनाइए । त्यहाँ तिनीहरू राजनीतिबाट बाहिर हुन्थे तर उपयोगी हुन्थे । यो रुसी कम्युनिष्ट पार्टीको एकजना मानिस पनि खेर नपठाउने र कसैलाई दोषमुक्त नबनाउने लक्ष्य थियो ।
ट्रोटस्कीको निष्ठा
स्तालिनले गएका तीन वर्षमा ट्रोटस्कीलाई योजनाबद्ध रूपमा निस्तेज बनाएकोमा कुनै शङ्का छैन । त्यो निर्दयी तरिका र दुर्भावनापूर्वक थिएन । ट्रोटस्की राजनीतिज्ञ होइनन् तर स्तालिन सा¥है सक्षम । एक वर्षपछि अर्को गर्दै ट्रोटस्कीलाई पदच्युत गर्दै लगियो । निश्चय नै छलफल भएन, अर्को पक्षका पुराना भनाइमात्रको जवाफ आउँथ्यो । स्तालिनले ट्रोटस्कीलाई ‘अनावश्यक विवाद गर्ने’ को कोटीमा राखेका थिए । यो ट्रोटस्कीले उल्लङ्घन गरेका ठीक र बेठीक विचारको सम्बन्धमा होइन बरु उनको गतिविधिले पार्टीको एकतालाई चुनौती दिएको रूपमा प्रष्टियो । उनलाई रसियामा अस्वीकार गरिने यो नै एक विषय हो । हरेक छलफलपछि ट्रोटस्कीले झुक्ने वातावरण बनाइन्थ्यो । उनले हरेक पटक झुक्दा पश्चिमा विश्वले त्यसलाई बेइज्जतिपूर्ण भनी उल्काउँथ्यो । तिनीहरू भड्काउँथे, “कुनै पनि पदमा कुनै पनि काम गर्ने र कुनै पदविना केन्द्रीय समितिले दिएको कुनै पनि काम गर्ने ।” “यद्यपि उनका कामहरू साधारण कार्यकर्ताको नजरमा पार्टीको विभाजनको निम्ति खतरा बने, उनले आफ्ना काम पूर्णतः गलत भएको बुझे र उनले गल्ती नदोहो¥याउने विचार गरे ।”
ट्रोटस्कीको व्यक्तिवादिता
उनको आत्मसमर्पण पहिले पनि रसियाली साम्यवादको स्तरलाई सन्तुष्ट पार्ने खालको थिएन । आत्माको एक कुनामा आत्मसमर्पण नगर्ने विचार बाँकी राख्थ्यो । आलोचनाको आह्वान नगरिएको बेला पनि उनले आलोचना गरे । उनी ट्रोटस्की बन्न कहिल्यै छोडेनन् अर्थात् उनले आफ्नो गलत बाटो छोडेनन् ।
त्यसैले उनलाई पार्टीको केन्द्रीय संरचनाबाट सदा ‘असुरक्षित’, ‘अनियमित’ को रूपमा लिइयो । त्यसैकारण उनीहरूले उनलाई निष्काशन गर्नैपर्ने अनुभव गरे ।
ट्रोटस्कीको हारले मस्को सनसनीपूर्ण एवम् फिका देखियो । रेड स्क्वायरमा नयाँ सेनालाई भर्ना गर्न उनले बन्द गरेपछि र उनले नै लेखेको ‘समर्पणको सपथ’ बन्द भएपछि सेनाको परेड सामान्य भयो । ट्रोटस्कीको हारपछि सबै क्रान्तिकारी पर्वहरू उत्तेजक भएनन्, सबै क्रान्तिकारी जीवन उत्ताउला देखिएनन् । उनी उत्साहको निम्ति शब्दाम्बरका प्रयोगकर्ता थिए र पछि पनि हुने आशा गर्थे । समाजवादको निम्ति महत्वपूर्ण सङ्घर्षमा हरेक मानिसको गतिविधिलाई अगाडि बढाउने त्यही उनको फरक ढङ्गको उपहार थियो ।
ट्रोटस्कीको निम्ति अथवा उनका गल्तीका निम्ति खुसीसाथ मर्ने दसौं हजार मानिस थिए, थोरै कमी आए पनि आज पनि धेरै छन् । स्तालिनको निम्ति मर्ने कोही थिएन । तर, उनी सचिव रहेको सङ्गठन र विचारको निम्ति आफ्नो कामको एक अङ्गको रूपमा हजारौंले स्वास्थ्य र जीवन दिन तयार हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *