मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
हेटौँडा, ३ वैशाख । प्रदेश नं. ३ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मङ्गलबार बसेको बैठकमा सदस्यहरूले प्रदेश सरकारको कार्यशैलीको तीव्र आलोचना गरे ।
समितिका सदस्य सांसद सुरेन्द्रराज गोसाईले वैशाखमा हिउँदे अधिवेशन चलाएर प्रदेश सरकारले प्रहसन मञ्चन गरिरहेको जनता अनुभव गर्दैछन् भन्नुभयो । उहाँले प्रदेश सरकार स्वयम्का कारण जनताको विश्वास घट्दो क्रममा रहेको बताउँदै हिउँदे अधिवेशनमा प्रदेश राजधानीबारे टुङ्गोमा पु¥याउने सार्वजनिक प्रतिबद्धताबाट सरकार भाग्न खोजिरहेको छ भन्नुभयो ।
नेपाली काङ्ग्रेस र शासक दलका प्रतिनिधिहरूले जनताको अगाडि जवाफविहीन हुनु परिरहेकोले लज्जाबोध भइरहेको बताए । नेकांका एक प्रतिनिधिले भने, “हामीलाई हिजो ललिपप खुवाइयो । अब हामी सशक्त विरोधमा उत्रन्छौँ ।”
बैठकले संसद्मा शून्य समयमा प्रारम्भ गर्ने मन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम चाँडै सुरु गर्ने निर्णय ग¥यो ।
Leave a Reply